धारा ७६ (२) अनुसार बहुमतको सरकार नबने अर्को विकल्प के ?


काठमाडौं – आज विद्यमान संविधानको पहिलो अभ्यास अन्तरगत २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत आह्वानसँगै नयाँबानेश्वरस्थित संसद भवनमा पक्ष/विपक्षमा मतदान भएको छ।

पक्ष/विपक्षमा भएको मतदानको अंक हेर्दा कतै पनि बहुमत देखिएन। विश्वासको मत नपाएको कारण प्रधानमन्त्री ओलीको सरकार ढलेको छ। विश्वासको मत प्राप्त गर्न नसकेपछि ओली कामचलाउको हैसियतमा पुगेका छन्।

प्रधानमन्त्री ओली अर्थात सरकारको पक्षमा ९३ मत र प्रधानमन्त्री ओलीको विपक्षमा १२४ मत परेको छ। १५ मत ‘दिन्न’मा परेको छ। यो अंक गणित हेर्दा संसदबाट बहुमतको सरकार बन्ने अवस्था देखिन्न।

प्रतिनिधिसभाका २७ सांसद आज अनुपस्थित थिए। आजको प्रतिनिधिसभाको बैठकमा उपस्थित संख्या २३२। आजको मतदानबाट नेकपा एमालेका १ सय २१ जना सांसदमध्ये प्रधानमन्त्री ओलीसँग ९३ जना र माधव नेपालसँग २७ सांसद रहेको स्पष्ट भएको छ।

त्यसैगरी जसपाका महन्थ ठाकुरसँग १४ जना र राप्रपाका एक जना सांसद तटस्थ देखिए। विपक्षीले १ सय २४ मत मात्रै ल्याउन सकेकाले संविधानको धारा ७६ (२) अनुसार पनि गठबन्धनको नयाँ सरकार बनाउन निकै कठिन देखिएको छ।

नयाँ सरकार बनाउन प्रतिनिधिसभामा हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात १३६ मत आवश्यक रहन्छ। नयाँ सरकार गठनका लागि १३६ चाहिनेमा विपक्षीले १२४ मात्रै ल्याउन सकेकाले संविधानका ७६ (२) अनुसार गठबन्धन सरकार बनाउन सजिलो भने छैन।

यस्तो अवस्थामा अब नयाँ सरकार गठनका लागि संंविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई आह्वान गर्नुपर्ने हुन्छ। यता शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले आजै राष्ट्रपतिलाई ७६ (२) अनुसारको सरकार बनाउन दिन पत्र लेखिसकेको स्थिति छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सभापति देउवाको प्रस्तावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन जनाइसकेका छन्। तर, यि दुई दलले मात्रै पनि सरकार बन्न असम्भव छ।

आजको मतदानपछि अझै पनि निर्णायक शक्ति एमालेको माधव खेमा या सिंगोजनता समाजवादी पार्टी (जसपा) नै देखिएको छ। जसपाको एक समूह तटस्थ बसेका कारणले नयाँ सरकार गठनमा सहयोग गर्ने सम्भावना पनि देखिँदैन।

बरु एमालेको माधव समूहका सांसदहरुले राजीनामा दिएको भए प्रतिनिधिसभामा सांसद संख्या कम हुन्थ्यो। कांग्रेस, माओवादी केन्द्र र जसपाको (बाबुराम–उपेन्द्र) पक्षको मतका आधारमा बहुमतको सरकार गठन हुन सक्थ्यो।

आजको मतदानपछि नेपालको राजनीति झन् पेचिलो बनेको छ। प्रधानमन्त्री ओली लचिलो भएर अघि बढेको अवस्थामा एमाले सग्लो हुने सम्भावना अझै देखिन्छ। तर, ओली आफैले थापेको धरापमा आफै परेका छन्।

दलहरुले बहुमतसहित नयाँ सरकार गठन गर्न नसकेमा सरकार गठन प्रक्रिया संविधानको धारा ७६ (३) अनुसार हुनेछ। तर, संविधानका धारा ७६ (२) प्रयोग गर्ने कि ७६ (३) भन्ने राष्ट्रपतिको हातमा छ।

७६ (३) अनुसार अघि बढेमामा ठूलो दलको हैसियतमा ओली नै प्रधानमन्त्री हुनेछन्। सो दफामा संसदमा कसैको बहुमत नभएमा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

यसरी ओली पुनः नियुक्ति भएमा उनले मन्त्रीमण्डल फेरि गठन गर्नुपर्ने हुन्छ। ओलीले पनि राजीनामा दिएर ७६ (३) अनुसार प्रधानमन्त्री हुने रणनीति तय गरेका छन्। तर, विश्वासको मत पुनः नपाएको खण्डमा सरकारले चुनाव गराउन पाउँछ।

विश्वासको मत लिन सकेनन् भने सरकार गठनको तेस्रो विकल्पमा जानुपर्छ। सरकार गठनको अन्तिम विकल्पको रुपमा धारा ७६ (५) अनुसार संसदको कुनै सदस्य प्रधानमन्त्री नियुक्त हुन सक्छन्। तर ती सांसदले संसदको विश्वासको मत पाउने आधार राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुपर्नेछ।

धारा ७६ (७) मा माथिका कुनै पनि विकल्पमा सरकार बन्न सकेन भने राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न हुने गरी मिति तोक्ने प्रावधान छ। ओलीले अहिले विश्वासको मत नपाउने पक्कापक्की हुँदा पनि विश्वासको मत लिने निर्णय त्यसैले गरेको चर्चा छ।

यो पनि पढ्नुहोस्…

मन्त्रिपरिषद् बैठक सम्पन्न, प्रतिनिधिसभाको अधिवेशन अन्त्यको सिफारिस

राष्ट्रपतिसमक्ष सरकार गठनका लागि आह्वान गर्न तीन दलको आग्रह (विज्ञप्तिसहित)

माधव–झलनाथ पक्षका २८ सांसदले दिएनन् ओलीलाई विश्वासको मत (नामावलीसहित)

‘संविधान बमोजिम नयाँ सरकार बन्छ’

प्रधानमन्त्री ओली पदमुक्त, पाएनन् विश्वासको मत

माधव–झलनाथ पक्षका ८ सांसदले ओलीलाई दिए मत (नामावलीसहित)

विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजन शुरू

विश्वासको मत नपाए राजीनामा दिन्छुः प्रधानमन्त्री ओली

रोष्टमबाटै ओलीको धम्कीः संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्

जसपा अध्यक्ष यादवले लगाएको आरोपको ओलीले रोष्टमबाटै गरे खण्डन

‘प्रधानमन्त्रीकै कारण मुलुक दरिद्र नेपाल, दुःखी नेपाली भयो’

ओलीलाई प्रचण्डको आग्रहस् नयाँ सरकार गठनका लागि राजीनामा दिएर बाटो खुला गरि दिनुस्

जसपाका मत बाझियोः महन्थको तटस्थ बस्ने घोषणापछि उपेन्द्रले भने– विश्वासका विरुद्धमा मतदान

प्रमुख प्रतिपक्षीको हैसियतले विपक्षमा मतदान गर्छौं : शेरबहादुर देउवा (सम्बोधनको पूर्णपाठ)

‘यो देशको राष्ट्रिय समस्या म कि तपाईं प्रधानमन्त्रीज्यू?’

संसदमै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन प्रचण्डको सुझाव

देउवाले ओलीलाई पुरानो भाषण सम्झाउदै सोधे प्रश्न विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो?

‘आफू कार्यकारी भएर प्रधानमन्त्री अरुमाथि दोष थुपारेर भाग्न पाउनुहुन्न’

‘मत नपाउने थाहा हुँदाहुँदै पनि प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो’

विश्वासको मतका लागि तीन विकल्पः ‘हुन्छ, हुन्न र मत दिन्न’

संविधान संशोधन गर्ने सवालमा सरकार तयार छ : प्रधानमन्त्री

कोभिड–१९ नियन्त्रण गर्ने सरकारको प्रयासमा साथ दिन प्रधानमन्त्रीको आग्रह

खोप खरीदमा भ्रष्टाचारको झुठो आरोप लगाउने काम भयोः प्रधानमन्त्री ओली

एमालेकै चार मन्त्रीले ओलीलाई दिन पाउँदैनन् विश्वासको मत

प्रतिनिधिसभाको दोस्रो बैठक शुरू

माधव समूहले कायरता प्रदर्शन गर्योः बाबुराम भट्टराई

माधव, झलनाथले एमाले फुटाएमा उनीहरूको पार्टीमा सामेल हुन्छुः बामदेव गौतम

माओवादी ह्विपः ओलीको विपक्षमा मतदान गर्नू

माधव–झलनाथ पक्षका नेतात्रय अर्थमन्त्री पौडेलसँग छलफलमा

माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा

नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही

माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने

ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था

आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली

विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!

एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी

आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा

विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी

माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

ओलीलाई नेपालको ६ बुँदे पत्र (पत्रसहित)

प्रतिनिधिसभामा मतदान आज, ओली सरकारको छिनोफानो हुने

प्रतिक्रिया