एमालेकै चार मन्त्रीले ओलीलाई दिन पाउँदैनन् विश्वासको मत


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन्। ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्ताव पेस गर्दैछन्।

ओलीलाई विश्वासको मत दिनबाट बञ्चित भएका छन् ८ जना। केही सांसद निर्वाचित भएपछि अर्कै पार्टीमा लागेर सांसद पद गुमाएको र केही निलम्बनमा परेकाले उनीहरुले विश्वासको मत दिन नपाएका हुन्।

विश्वासको मत दिनबाट बञ्चित भएका छन् चारजना मन्त्रीहरु, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरी। नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि उनीहरुको स्थान रिक्त छ।

त्यस्तै सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताब आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा परेका कारण उनीहरुलाई पनि मत जाहेर गर्ने अधिकार छैन।

संवैधानिक व्यवस्थाअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छ । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक हुन्छ।

यो पनि पढ्नुहोस्…

माधव समूहले कायरता प्रदर्शन गर्योः बाबुराम भट्टराई

माधव, झलनाथले एमाले फुटाएमा उनीहरूको पार्टीमा सामेल हुन्छुः बामदेव गौतम

माओवादी ह्विपः ओलीको विपक्षमा मतदान गर्नू

माधव–झलनाथ पक्षका नेतात्रय अर्थमन्त्री पौडेलसँग छलफलमा

माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा

नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही

माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने

ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था

आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली

विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!

एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी

आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा

विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी

माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

ओलीलाई नेपालको ६ बुँदे पत्र (पत्रसहित)

प्रतिनिधिसभामा मतदान आज, ओली सरकारको छिनोफानो हुने

प्रतिक्रिया