एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी

माधव नेपाल समूहका सांसदले व्यक्तिगत रुपमा संसद सचिवालय र सामूहिक रुपमा ओलीलाई राजीनामा दिने निर्णय गर्दै


काठमाडौं– नेकपा एमालेको एकता प्रक्रियाले बिट मारेको छ। नेता माधवकुमार नेपाल पक्षको अल्टिमेटमको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कुनै जवाफ नदिएपछि सिंहदरबारमा नेपाल पक्षको बैठक बसेको छ। सामूहिक राजीनामा दिँदै एकता प्रक्रिया सकिएको औपचारिक घोषणा हुनेछ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिने कार्यसूची छ। दिउँसो १ बजे प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि नै नेपाल समूहले उक्त निर्णय गर्न लागेको हो। नेपाल समूहले एमालेलाई २ जेठ ०७५ को अवस्थामा लैजानका लागि ओलीसँग माग गरेका थिए।

नेपाल समूहका सांसदले व्यक्तिगत रुपमा संसद सचिवालयमा र सामूहिक रुपमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाउनेछन्। राजीनामा आउने र औपचारिक निर्णय मात्र बाँकी रहेको एमाले सांसद झपट रावलले बताएका छन्।

प्रतिक्रिया