माधव, झलनाथले एमाले फुटाएमा उनीहरूको पार्टीमा सामेल हुन्छुः बामदेव गौतम


काठमाडौं – नेकपा एमालेका नेता बामदेव गौतमले २ बुँदे धारणा सार्वजकिन गर्दै माधव नेपाल र झलनाथ खनालले एमाले विभाजन गरेर अर्को पार्टी बनाएमा आफू त्यसमा सामेल हुने बताएका छन्।

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका गौतमले एमालेमै रहेर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा चाहिँ सहमति नभएको स्पष्ट पारेका छन्।

गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीकाअनुसार गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेपछि आफ्नो दुई बुँदे धारणा सार्वजनिक गरेका हुन्।

गौतमले ओलीले २०७५ जेठ २ मा एमालेलाई फर्काउन नमानेपछि आफ्नो साथ नरहेको प्रष्ट पारेका छन्। ओलीले आफू अघि बढिसकेको बताउँदै साथ दिन आग्रह गरेपछि गौतमले भनेका छन्, ‘त्यसो भए म तपाईको साथमा छैन।’

त्यस्तै माधव नेपालहरूका सन्दर्भमा गौतमले भनेका छन्, ‘वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन। तर, यदि उहाँहरूले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।

नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा…

Posted by Bishwamani Subedi Bimasu on Monday, May 10, 2021

यो पनि पढ्नुहोस्…

माओवादी ह्विपः ओलीको विपक्षमा मतदान गर्नू

माधव–झलनाथ पक्षका नेतात्रय अर्थमन्त्री पौडेलसँग छलफलमा

माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा

नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही

माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने

ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था

आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली

विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!

एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी

आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा

विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी

माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

ओलीलाई नेपालको ६ बुँदे पत्र (पत्रसहित)

प्रतिनिधिसभामा मतदान आज, ओली सरकारको छिनोफानो हुने

प्रतिक्रिया