मन्त्रिपरिषद् बैठक सम्पन्न, प्रतिनिधिसभाको अधिवेशन अन्त्यको सिफारिस


काठमाडौं – सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गते अर्को बैठक बोलाएका थिए।

मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्।

प्रतिक्रिया