

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

काठमाडाैं- भारतकाे गुजरात राज्यस्थित सूरत सहरमा २३ वर्षीया एक ट्युसन शिक्षिकाले १३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी थिइन् ।
प्रहरीले चार दिनको खोजीपछि उनलाई राजस्थान सीमामा पक्राउ गरेको छ । पक्राउपछिको बयानमा शिक्षिकाले आफू पाँच महिनाकी गर्भवती रहेको र उक्त बच्चाको पिता सोही नाबालिग विद्यार्थी भएको बताएकी छिन् ।
शिक्षिकाले प्रहरीसमक्ष विद्यार्थीसँग प्रेम सम्बन्ध भएको र विगत एक वर्षदेखि शारीरिक सम्बन्ध राख्दै आएको स्वीकार गरेकी छिन् । प्रहरीले उनीहरूमाथि भारतीय न्याय संहिता अन्तर्गत अपहरण र पोक्सो ऐनका विभिन्न धारामा मुद्दा दर्ता गरेको छ।
पक्राउ परेपछि शिक्षिकालाई एक दिनको रिमाण्डमा राखी अनुसन्धानको क्रममा होटलका सीसीटिभी फुटेज र अन्य प्रमाण सङ्कलन गरिँदैछ।

