

‘प्रधानमन्त्रीकै कारण मुलुक दरिद्र नेपाल, दुःखी नेपाली भयो’

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तीन वर्षको अवधीमा मुलुक समृद्ध नेपाल सुखी नेपाली नभएर दरिद्र नेपाल, दुःखी नेपाली भएको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतमाथिको प्रस्तावमाथि बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण देश ‘दरिद्र नेपाल, दुःखी नेपाली भएको बताए।
उनले भने, ‘सुरुसुरुमा प्रधानमन्त्रीबाट खुबै आशा राखिएको थियो। समृद्ध नेपाल, सुखी नेपाली पूरा हुने सोचिएको थियो। तर, अहिले प्रधानमन्त्रीज्यू, तपाईको नारा दरिद्र नेपाल, दुःखी नेपाली भएको छ।’
यस्तो अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने समेत यादवले बताए।
ओलीले संसदमा विश्वासको मत माग्नु नै गलत भएको यादवले बताए। विगतमा आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्नु प्रधानमन्त्रीको कमजोरी भएको बताए।
‘जुन संसदलाई असंवैधानिक ढंगले विघटन गर्नुभयो त्यही संसदमा विश्वासको मत माग्दै हुनुहुन्छ। जुन संसदमा तपाईको आफ्नै विश्वास छैन त्यो संसदले तपाईलाई किन विश्वासको मत दिने?’ उनले प्रश्न गरे।
यो पनि पढ्नुहोस्…
ओलीलाई प्रचण्डको आग्रहस् नयाँ सरकार गठनका लागि राजीनामा दिएर बाटो खुला गरि दिनुस्
जसपाका मत बाझियोः महन्थको तटस्थ बस्ने घोषणापछि उपेन्द्रले भने– विश्वासका विरुद्धमा मतदान
प्रमुख प्रतिपक्षीको हैसियतले विपक्षमा मतदान गर्छौं : शेरबहादुर देउवा (सम्बोधनको पूर्णपाठ)
‘यो देशको राष्ट्रिय समस्या म कि तपाईं प्रधानमन्त्रीज्यू?’
संसदमै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन प्रचण्डको सुझाव
देउवाले ओलीलाई पुरानो भाषण सम्झाउदै सोधे प्रश्न विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो?
‘आफू कार्यकारी भएर प्रधानमन्त्री अरुमाथि दोष थुपारेर भाग्न पाउनुहुन्न’
‘मत नपाउने थाहा हुँदाहुँदै पनि प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो’
विश्वासको मतका लागि तीन विकल्पः ‘हुन्छ, हुन्न र मत दिन्न’
संविधान संशोधन गर्ने सवालमा सरकार तयार छ : प्रधानमन्त्री
कोभिड–१९ नियन्त्रण गर्ने सरकारको प्रयासमा साथ दिन प्रधानमन्त्रीको आग्रह
खोप खरीदमा भ्रष्टाचारको झुठो आरोप लगाउने काम भयोः प्रधानमन्त्री ओली
एमालेकै चार मन्त्रीले ओलीलाई दिन पाउँदैनन् विश्वासको मत
प्रतिनिधिसभाको दोस्रो बैठक शुरू
माधव समूहले कायरता प्रदर्शन गर्योः बाबुराम भट्टराई
माधव, झलनाथले एमाले फुटाएमा उनीहरूको पार्टीमा सामेल हुन्छुः बामदेव गौतम
माओवादी ह्विपः ओलीको विपक्षमा मतदान गर्नू
माधव–झलनाथ पक्षका नेतात्रय अर्थमन्त्री पौडेलसँग छलफलमा
माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा
नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही
माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने
ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था
आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली
विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!
एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी
आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा
विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी
माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

