

संविधान संशोधन गर्ने सवालमा सरकार तयार छ : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न सकिने बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले संविधान समयअनुसार संशोधन गर्न सकिने बताएका हुन् ।
‘संविधानको सर्वस्वीकार्यताका सन्दर्भमा त्यस्तो कुनै समस्या छैन । असन्तुष्टि छ सच्याउनु पर्छ भन्ने सन्दर्भमा कुनै केही होलान् । तर, सर्वस्वीकार्य होइन भन्ने छैन । हामीले संविधानको स्वीकार्यता र पालना गर्ने विषयमा कुनै समस्या छैन’, उनले भने, ‘ संविधान आधारभूतमा समस्या रह्यो भन्ने समस्या छैन । जहाँ कार्यान्वयनको समयमा समस्या भयो भन्ने समयानुकुल समयमा संशोधन गर्न सकिन्छ । संविधान संशोधन गर्ने सवालमा सरकार तयार छ ।’
उनले संविधानको सर्वस्वीकार्यताको विषयमा अब नेपालमा कुनै प्रश्न नरहेको भन्दै संविधान कार्यान्वयन गर्दै जाँदा औचित्यपूर्ण र समयानुकूल ढङ्गले संशोधन गर्नुपर्ने हुन सक्ने बताए।
अब कसैले विखण्डनको राजनीति नबोक्ने भन्दै देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा कुनै विवाद नरहेको उनको दाबी थियो।
पृथकतावादको विचार बोक्ने समूहलाई पनि राजनीतिक मूलधारमा ल्याएको भन्दै उनले राजनीतिक माग पूरा गर्न हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोच पनि अन्त्य भएको उल्लेख गरे। दशकौँदेखिको हिंसा राजनीति अवलम्बन गर्ने शक्तिहरू नेपालमा रहेको भए पनि त्यो अन्त्य भएको जनाए।
यो पनि पढ्नुहोस्…
कोभिड–१९ नियन्त्रण गर्ने सरकारको प्रयासमा साथ दिन प्रधानमन्त्रीको आग्रह
खोप खरीदमा भ्रष्टाचारको झुठो आरोप लगाउने काम भयोः प्रधानमन्त्री ओली
एमालेकै चार मन्त्रीले ओलीलाई दिन पाउँदैनन् विश्वासको मत
प्रतिनिधिसभाको दोस्रो बैठक शुरू
माधव समूहले कायरता प्रदर्शन गर्योः बाबुराम भट्टराई
माधव, झलनाथले एमाले फुटाएमा उनीहरूको पार्टीमा सामेल हुन्छुः बामदेव गौतम
माओवादी ह्विपः ओलीको विपक्षमा मतदान गर्नू
माधव–झलनाथ पक्षका नेतात्रय अर्थमन्त्री पौडेलसँग छलफलमा
माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा
नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही
माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने
ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था
आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली
विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!
एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी
आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा
विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी
माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

