राष्ट्रपतिसमक्ष सरकार गठनका लागि आह्वान गर्न तीन दलको आग्रह (विज्ञप्तिसहित)


काठमाडौं – प्रधानमन्त्री केपी ओलीको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै संयुक्त अपील गरेका हुन् ।

उनीहरुले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

No photo description available.

प्रतिक्रिया