

‘आफू कार्यकारी भएर प्रधानमन्त्री अरुमाथि दोष थुपारेर भाग्न पाउनुहुन्न’

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफू कार्यकारी भएर अरुमाथि दोष थुपारेर भाग्न नपाउने बताएका छन्।
‘आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने? अरुमाथि गुनासो र दोष थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ?’, देउवाको प्रश्न थियो।
प्रतिनिधिसभाको विशेष बैठकमा दलका तर्फबाट बोल्दै देउवाले अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था कसका कारणले आएको भन्दै प्रश्न गरे।
प्रधानमन्त्री ओलीकै कारण आजको अवस्था आइपरेको बताउँदै देउवाले प्रश्न गर्दै भने, ‘ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो?’
सभापति देउवाले जनताले वाम गठबन्धनलाई झण्डै दुई तिहाई मत दिएको उल्लेख गर्दै तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरे।
ओली नेतृत्वको सरकार पुण असफल भएको सभापति देउवाको भनाइ छ। ‘छातीमा हात राखेर सोच्नुस् यो अवस्था तपाईले सिर्जना गरेको राजनीतिक अस्थिरता, दम्भ र स्वेच्छाचारिता होइन?’ देउवाले ओलीलाई प्रश्न गरे।
वर्तमान सरकार भ्रष्टाचार र कुशासनमा लिप्त रहेको आरोप लगाउँदै उनले भने, ‘संविधानले प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिएपनि प्रधानमन्त्रीलाई देश र जनताको हितमा काम गर्न के ले रोकेको छ?’
कोरोनाविरुद्धको खोपमा भ्रष्टाचार भएको, व्यापारिक घरानालाई पोस्नका लागि नेपाली जनताको ज्यान जोखिममा पारिएको देउवाले आरोप समेत लगाए।
यो पनि पढ्नुहोस्…
‘मत नपाउने थाहा हुँदाहुँदै पनि प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो’
विश्वासको मतका लागि तीन विकल्पः ‘हुन्छ, हुन्न र मत दिन्न’
संविधान संशोधन गर्ने सवालमा सरकार तयार छ : प्रधानमन्त्री
कोभिड–१९ नियन्त्रण गर्ने सरकारको प्रयासमा साथ दिन प्रधानमन्त्रीको आग्रह
खोप खरीदमा भ्रष्टाचारको झुठो आरोप लगाउने काम भयोः प्रधानमन्त्री ओली
एमालेकै चार मन्त्रीले ओलीलाई दिन पाउँदैनन् विश्वासको मत
प्रतिनिधिसभाको दोस्रो बैठक शुरू
माधव समूहले कायरता प्रदर्शन गर्योः बाबुराम भट्टराई
माधव, झलनाथले एमाले फुटाएमा उनीहरूको पार्टीमा सामेल हुन्छुः बामदेव गौतम
माओवादी ह्विपः ओलीको विपक्षमा मतदान गर्नू
माधव–झलनाथ पक्षका नेतात्रय अर्थमन्त्री पौडेलसँग छलफलमा
माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा
नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही
माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने
ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था
आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली
विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!
एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी
आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा
विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी
माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

