नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना


काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बिरामी भएकी छन्।

बुधबार बिहानदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी हिजो पनि ग्राण्डी अस्पताल भर्ना भएकी थिइन्। जनमतसँग पार्टी एकता घोषणाको पूर्वनिर्धारित कार्यक्रमका लागि करिब १२ बजे उनी अस्पतालबाट निस्किएको सचिवालयले जानकारी दिएको छ।

नाउपाका संरक्षकसमेत रहेका उनका पति रेशम चौधरी पक्राउपछि एकता घोषणा कार्यक्रम भाँडिएको थियो।

रेशम रिहा भएपछि राति अबेरसम्म पार्टीको कार्यक्रममा व्यस्त रहेको र राति थप समस्या भएको नाउपा कैलाली सचिव भक्त चलाउनेले बताए।

आज बिहान अत्यधिक पेट दुखेपछि उनलाई फेरि उपचारका लागि ग्रान्डीमा भर्ना गरिएको छ।

प्रतिक्रिया