

आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भोलिका दिनमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झना भइरहने बताएका छन्।
नेपालको नक्सामा लिम्पियाधुरा समावेश गर्ने कार्यको लागि प्रधानमन्त्री ओलीको सम्झाना आइरहने थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत बताएका हुन्।
‘नाटकीय परिवर्तन भएन भने आज प्रम केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाउनुहुनेछ। आजै राजीनामा आउला। फेरि प्रम बन्न सक्नुहोला’, उनले लेखेका छन्, ‘जे होस् अनेक विवाद÷असफलताका बाबजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहने छ।’
प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिन लागेका छन्। उनले विश्वासको मत गुमाउने निश्चत प्रायः भएको बेला अध्यक्ष थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
नाटकिय परिवर्तन भएन भने आज प्रम @kpsharmaoli ले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ।आजै राजीनामा आउला।फेरि प्रम बन्न सक्नुहोला।
जेहोस् अनेक विवाद/असफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ— Kamal Thapa (@KTnepal) May 10, 2021

