हेभी इक्विपमेन्ट व्यवसायी महासंघको महासचिवमा महेश


काठमाडौं – नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको महासचिवमा युवा व्यवसायी मेजर शमशेर कुँवर (महेश) निर्वाचित भएका छन् ।

बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

महासचिवमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति कुँवरले आभार व्यक्त गरेका छन् । नेपाल हेभी इक्विपेमन्ट व्यवसायी संघ काठमाडौंको अध्यक्ष समेत हुन् ।

उमाकान्त शर्माको अध्यक्षतमा महासंघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा

महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद र महासचिवमा मेजर शमशेर कुवँर (महेश) निर्वाचित भएका छन् ।

त्यस्तै उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल, शेरबहादुर कुवर, कोषाध्यक्षमा खिन्त बहादुर भण्डारी ९भरत० र सहकोषाध्यक्षमा दानबहादुर बोगटी निर्वाचित भएका छन् ।

त्यसैगरी, बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा, सुदुर पश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर निर्वाचित भएका छन् ।

प्रतिक्रिया