

ओलीलाई प्रचण्डको आग्रह: नयाँ सरकार गठनका लागि राजीनामा दिएर बाटो खुला गरि दिनुस्

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुला गरिदिन आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्डले देशको राष्ट्रिय समस्या म हो कि तपाई हो रु बहस गर्न चुनौती दिएका छन् । उनले प्रधानमन्त्रीले आफूसँग विश्वासको मत छैन् भन्ने थाहा हुँदा हुँदै पनि संसदमा विश्वासको मत माग्ने निर्णय गरेकोमा धन्यवाद दिए ।
‘राष्ट्रिय समस्या म हो कि तपाई हो ? बहस गरौं ? म तपाईंसँग बहस गर्न चाहन्छु,’ उनले भने, ‘मैले व्यवधान गरेको तपाईसँग यसको आधिकारिक र प्रमाणिक जवाफ छ ? तपाईंले वाम गठबन्धनलाई डे वानदेखि तुहाउन लाग्नु भयो भन्ने मेरो आरोप छ ।’
उनले संविधानमा एउटा सरकार गठन भइसकेपछि ५ वर्षसम्म काम गरोस् भनेर संविधानको धारा ७१ एक, दुई, तीन, राखिएको पनी स्मरण गरेका छन् । प्रचण्डले ३ वर्ष नपुग्दै फेरी दुश्चक्रमा फस्नाले आफू दुःखी भएको बताएका छन् ।

