

माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल र झनलाथ खनाल पक्षले संसदमा अनुपस्थित हुने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारमा बसेको बैठकले संसदमा अनुपस्थित हुने निर्णय गरेको हो।
एमाले अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन्। माधव–झलनाथ पक्षका नेताहरु संसदमा अनुपस्थित भए ओलीले विश्वासको मत गुमाउने निश्चित छ।
संसदमा अनुपस्थित हुने कि राजीनामा दिने भन्नेबारे बैठकमा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा माधव नेपाल राजीनामा दिनुपर्छ भन्ने पक्षमा छन्।
तर, केही सांसदहरुले राजीनामाको सट्टा अन्य कुनै उपाय खोज्नुपर्ने सुझाव दिएका छन्। यद्यपी, बैठकमा राजीनामा दिनुपर्छ भन्नेहरुको मत बलियो रहेको सहभागि एक नेताले जानकारी दिए।
माधव–झलनाथ पक्षको अल्टिमेटमको ओलीले कुनै जवाफ नदिएपछि सिंहदरबारमा नेपाल पक्षको बैठक बसेको हो। माधव–झनलाथ पक्षले ओलीलाई सच्चिन भन्दै सोमबार बिहान ९ बजेसम्मको सायसीमा दिएको थियो।
यो पनि पढ्नुहोस्…
ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था
आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली
विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!
एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी
आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा
विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी
माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै
ओलीलाई नेपालको ६ बुँदे पत्र (पत्रसहित)
प्रतिनिधिसभामा मतदान आज, ओली सरकारको छिनोफानो हुने

