

देउवाले ओलीलाई पुरानो भाषण सम्झाउदै सोधे प्रश्न- विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो ?

काठमाडौं – काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली पुरानो बाचा भुलेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले भने, ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, तपाईँले चुनावमा गरेका बाचा र पछि पटक पटक गरेका भाषण सम्झना छ, रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप, कोही भोकै बस्नुपर्दैन कोही भोकले मर्दैनन्, सडक बालक हुनेछैनन्, कसैले रोजगारीका लागि बाहिर जानुपर्दैन भन्ने युक्ति कहाँ गए रु’
देउवाले उनले आम जनताले सरकारको अनुभूति गर्न नसकेको बताए । उनले ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने भन्दै प्रश्न पनि गरे । यो अवस्था ओलीले नै सिर्जना गरेको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारकै कारण आएको उनको जिकिर छ ।

