

माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा

काठमाडौं– प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनेसम्मको निर्णय भएको एमाले माधवकुमार नेपाल पक्षमा भाँडभैलो भएको छ। राजीनामा दिने विषयमा नै विवाद भएपछि संसद बैठकमा अनुपस्थित हुने कुरा भएको थियो।
तर पार्टीले ह्वि जारी गर्दा अनुपस्थित हुनु कानुनी कारबाहीको विषय हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएर एकताका लागि पहल हुनुपर्नेमा नेपाल पक्षका प्रभावशाली स्थायी कमिटी सदस्यको मत रहेको छ।
सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताले विश्वासको मत दिनुपर्ने बताएका छन्। उनीहरु एकताका लागि अन्तिम प्रयास गर्ने उपाय निकाल्न बैठकमा छन्।
यो पनि पढ्नुहोस्…
नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही
माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने
ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था
आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली
विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!
एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी
आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा
विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी
माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

