

माधव समूहले कायरता प्रदर्शन गर्योः बाबुराम भट्टराई

काठमाडौं – माधव नेपाल समूहले कायरता प्रदर्शन गरेको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आरोप लगाएका छन्। माधव नेपाल समूहको निर्णय बेठीकको समर्थन गरेजस्तै भएको भट्राईको भनाइ छ।
माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन लागेको बैठकमा सहभागी नहुने निर्णय गरेपनि सांसदहरुको सामुहिक राजीनामाबाट पनि ब्याक भएको थियो।
यसैबारे टिप्पणी गर्दै सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले माधव पक्षको निर्णय कायरताको प्रदर्शन भएको बताएका हुन्। उनले भनेका छन्, ठीक र बेठीक बीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो।’
‘कहिले बेठीकहरू बीचमा नै संघर्ष पर्दा बढी बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म हो! अहिले ओलीप्रवृत्ति बेठीकमध्ये बढी बेठीक छ। अतः विरोध गरौं,’ उनले लेखेका छन्।
ठीक र बेठीक वीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो।कहिले बेठीकहरू वीचमानै संघर्ष पर्दा बढी बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म हो!अहिले ओलीप्रवृत्ति बेठीकमध्ये बढी बेठीक छ;अत:विरोध गरौं!
— Baburam Bhattarai (@brb1954) May 10, 2021
यो पनि पढ्नुहोस्…
माधव, झलनाथले एमाले फुटाएमा उनीहरूको पार्टीमा सामेल हुन्छुः बामदेव गौतम
माओवादी ह्विपः ओलीको विपक्षमा मतदान गर्नू
माधव–झलनाथ पक्षका नेतात्रय अर्थमन्त्री पौडेलसँग छलफलमा
माधव नेपाल पक्षमा भाँडभैलोः प्रभावशाली स्थायी कमिटी सदस्यहरू अलग बैठकमा
नेपाल पक्ष संसद बैठकमा नजाने, प्रधानमन्त्री ओलीले ह्विप जारी गर्ने, अनुपस्थितलाई कारबाही
माधव–झलनाथ पक्षका सांसदहरुको बैठकः मतदानमा अनुपस्थित हुने
ओलीको विकल्पमा कसरी सरकार बन्ला? यस्तो छ संवैधानिक व्यवस्था
आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौंः केपी ओली
विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!
एमाले एकता सकियो, औपचारिक घोषणा बाँकी
आजै राजीनामा आउला, तर ओलीको सम्झना भइरहनेछः कमल थापा
विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी
माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै

