नेपाली कांग्रेस काभ्रेको अधिवेशन सम्पन्न, हुमागाईंको सभापतित्वमा नयाँ कार्यसमिति चयन


काभ्रे — नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत काभ्रे जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहको प्रमुख आथित्यतामा सम्पन्न अधिवेशनले रमेश प्रसाद हुमागाईंको सभापतित्वमा काभ्रे जिल्ला कार्यसमितिका नयाँ पदाधिकारीहरू सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

अधिवेशनमा कांग्रेस नेता डा. प्रकाश शरण महतले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

हुमागाईंको सभापतित्वमा नयाँ कार्यसमितिमा उपसभापतिमा मण्डनका कमल तामाङ र पाँचखालका बद्रीप्रसाद खकुरेल निर्वाचित भएका छन् ।

May be an image of one or more people and text

त्यसैगरी, सचिव पदमा चौरीदेउरालीका सन्तोष गौतम र पनौतीका श्रीराम थापा चयन भएका छन् भने सहसचिव पदमा बनेपाका उज्ज्वल प्रधान र भुम्लुका जितमान सिंह तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीभित्रको एकता, सहकार्य र आपसी सद्भावलाई अझ सुदृढ बनाउँदै लैजाने अपेक्षा राखिएको छ। नयाँ नेतृत्वले नेपाली कांग्रेसलाई थप सशक्त, गतिशील र जनउत्तरदायी बनाउँदै पार्टी संगठन विस्तार, कार्यकर्ताको भावना सम्बोधन र आम नागरिकको विश्वास जित्ने अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

नेपाली कांग्रेसकाे देउवा समूहले यही मंसिरका लागि १५औँ नियमित महाधिवेशनको कार्यतालिकासहित वडा, पालिका र जिल्लाहरूमा महाधिवेशन गरिरहेको छ ।

 

प्रतिक्रिया