
महाधिवेशनका लागि संयोजक कोइरालाले तोके ५ समिति संयोजक
काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी १५औँ महाधिवेशनको तयारीका लागि पाँच वटा समितिका संयोजक तोकेको छ ।
मूल तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न पाँच समितिका संयोजक मनोनयन गरेका हुन् ।
सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलका अनुसार प्रचारप्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महत चयन भएका छन् ।
त्यस्तै, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना तथा स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्की मनोनयन भएका छन् ।
देउवा समूहले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते गर्ने निर्णय गरेको छ ।



कागजपत्र |
