प्रहरीलाई ‘कठपुतली’ बनाउँदै गृहमन्त्री र आईजिपी, आफ्नालाई बढुवा, राम्रालाई अवकाश !


काठमाडौं– मुलुकको प्रमुख सुरक्षा निकायमध्ये एक नेपाल प्रहरीलाई पछिल्लो समय ‘कठपुतली’ बनाउँदै लगिएको छ ।

गृहमन्त्री रवि लामिछाने, आईजीपी बसन्त बहादुर कुवँर, गृहसचिव एकनारायण अर्याल र मानवस्रोत विभागका एआईजी भीमप्रसाद ढकालको निजि स्वार्थका कारण प्रहरी संगठन ‘कठपुतली’ बन्दै गएको हो ।

उनीहरुको निजि स्वार्थका कारण प्रहरीको गौरवमय इतिहासमा कालो टिका लागिरहेको छ ।

यसको पछिल्लो उदाहरण हो,आजबाट अवकाश पाएका दुई एसएसपी डा. दिपश श्रेष्ठ र सुवास आचार्य ।

नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई प्राविधिक एसएसपी डाक्टरहरु पदावधिका कारण शुक्रबारबाट अनिवार्य अवकाशमा गएका छन् ।

त्यसको पछाडी जोडिएका पात्र हुन गृहमन्त्री लामिछानेदेखि आईजीपी हुँदै गृहसचिवसम्म ।

एसएसपीको ६ वर्षे पदावधिअनुसार प्रहरी अस्पतालको स्वास्थ्य उपसमूहतर्फका एसएसपीद्वय डाक्टर दीपक श्रेष्ठ र सुवास आचार्य अनिवार्य अवकाशमा गएका हुन् ।

१२ असार २०७५ मा  एसएसपीमा बढुवा उनीहरू अवकाश अन्यायपूर्ण छ ।

गृहमन्त्री रवि लामिछाने र आईजीपी रवि लामिछानेको द्वन्द्व  र मनपरीतन्त्रले उनीहरुमाथि अन्याय भएको हो ।

उनीहरु अवकाश नजिकै पुगेर घर जान बाध्य भएका होइनन् ।

प्रहरी अस्पतालमा डीआईजीको दरबन्दी डेढ महिनादेखि रिक्त थियो ।

तर पनि उनीहरूको बढुवा प्रक्रिया अघि बढेन र अवकाशमा जान बाध्य भए । उनीहरुको बढुवा समयमै भएको भए डीआईजी भएर थप ५ वर्ष प्रहरी सेवामा हुन्थे ।

आफ्ना बनाउन जुनसुकै हतकण्डा अपनाउने गृहमन्त्री लामिछाने र आईजीपी कुवँरले व्यावसायिक र इमान्दार अधिकृतमाथि अन्यया गर्दै आएका छन् ।

झण्डै २ महिनादेखि अस्पतालमा दरबन्दी खाली हुँदा डीआईजी बढुवा नगर्ने गृहमन्त्री र आईजीपीले केहि दिनअघि मात्रै दरबन्दी रिक्त नहुँदै २ दिनका लागि डीआईजी पोषराज पोखरेललाई एआईजी सिफारिस गरेका थिए ।

डीआईजी पोखरेल आउँदो २१ असारमै अवकाशमा जाँदैछन् । तर, पनि उनलाई २ दिनको लागि एआइजीको फूली लगाउन खोजियो ।

इमान्दारहरुले न्याय नपाउने र अवसरवादीहरु एक दिनका लागि मात्रै भएपनि बढुवा हुने कारण हो शक्तिकेन्द्रको चाकडी ।

यो खेलमा गृहसचिव अर्याल र मानवस्रोत विभागका एजाईजी भीमप्रसाद ढकाल पनि सक्रिय छन् । ढकालले सबैभन्दा जुनियर एआईजी हुन् । मानवस्रोतमा बसेर सरुवा बढुवा न्यायीक पहलभन्दा पनि ढकालले आफ्नो निजि स्वार्थका लागि काम गरिरहेका छन् ।

कहिले आईजीपी हटाउन त कहिले प्रहरीको ३० वर्षे सेवाहद हटाउन उनको सक्रियता छ ।

उसो त उनी सबैभन्दा जुनियर एआईजी हुन । मानवस्रोत विभागमा सिनियर एआईजीलाई प्रमुख बनाउने चलन छ । तर शक्तिकेन्द्र धाएर ढकालले सो पद हत्याएका छन् ।

यसमा आफुलाई भावि मुख्यसचिव दाबी गर्दै आएका गृहसचिव अर्यालको भूमिका पनि राम्रो देखिएको छैन् ।

एआईजी बढुवा सिफारिस समितिमा गृहसचिव संयोजक हुन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ । प्रहरीको आन्तरिक राजनीतिमा खेल्न खोज्ने अर्याल न्यायिक सरुवा, बढुवामा भने ध्यान दिदैनन् । आफ्नालाई बनाउन परे उनले पदीय मर्यादा विपरित राजनीतिक नेतृत्वसँग समेत भेटवार्ता गर्ने गरेका छन् ।

पछिल्ला समय गृहमन्त्रीदेखि आईजीपीसम्मका यस्ता कदमले प्रहरीमा व्यावासायिक अधिकृतको करियर समाप्त हुने चिन्ता उच्च अधिकृतहरुले गर्दै आएका छन् ।

शुक्रबारमात्रै अन्यायपूर्ण अवकाशमा जानु परेपछि डा.दीपक श्रेष्ठले आईजीपीलाई ‘नालायक सीइओ’ को आरोप लगाएका छन् ।  नेपाल प्रहरी ‘प्राइभेट कम्पनी’ मा परिणत भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘अहिलेको सीइओ नालायक हो, यसले सबैलाई नालायक नै देख्छ ।’

एसएसपी श्रेष्ठ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका मुख्य प्रतिस्पर्धी थिए । श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् ।

प्रतिक्रिया