प्रहरी र सशस्त्रमा १६ वर्षमै पेन्सन दिने तयारी


काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि नेपाली सेनाजस्तै १६ वर्षमै पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाइने व्यवस्थाका लागि गृहकार्य अगाडी बढेको छ ।

यसका लागि गृहमन्त्रालयको प्रशासन महाशाखाको टोलीले आवश्यक अध्ययन गरिरहेको छ ।

टोलीले आवश्यक अध्ययनसहित सरकारलाई सुझाव दिनेछ ।

नेपाली सेनामा सेनामा १६ वर्षमै पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाइने व्यवस्था छ ।  तर २० वर्षको अवधि पुगेपछि मात्र पेन्सनको सुविधा पाउने प्रावधान सेनामा छ । प्रहरीमा पनि लामो समयदेखि सेनाजस्तै पेन्सको व्यवस्थाका लागि माग उठ्दै आएको छ ।

प्रहरी प्रधान कार्यालयले पनि विभिन्न समयमा यस्तो सुझाव सरकारलाई दिदै आएको छ ।

सरकारले नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने प्रावधान राखेको थियो ।

न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १६ मा झार्ने प्रक्रियाको अध्ययन भइरहेको गृहका अधिकारीहरु बताउँछन् ।

यसका लागि सबैजसो गृहमन्त्रीले सकारात्मक प्रतिवद्धता जनाएपनि कार्यान्वयन भने कसैले गराउन सकेका छैनन् ।

प्रतिक्रिया