डडेल्धुराको क्याम्ब्रिज स्कुलका शिक्षकले २ विद्यार्थीलाई निर्घात कुटे, अस्पताल भर्ना


काठमाडाैं- डडेल्धुराको क्याम्ब्रिज पब्लीक स्कुलको होस्टेलमा रहेका दुई विद्यार्थीहरुलाई एक शिक्षकले निर्घाट कुटपिट गरेका छन् ।

अमरगढी नगरपालिका–५ स्थित होस्टेलमा रहेका दुईजना विद्यार्थीहरुलाई एक शिक्षकले कुटपिट गरेर घाइते बताएका हुन् । घाइते हुनेमा सिगास गाउँपालिका २ बैतडी घर भएका १२ वर्षीय भुपेन्द्र धामी र डडेल्धुराको अमरगढी नगरपालिका ३ का १३ वर्षीय बिवेक बोहरा रहेको प्रहरीले जनाएकोे छ । उनीहरुको विद्यार्थीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गृहकार्य नगरेको भन्दै विज्ञान विषयका शिक्षक महेश नाथले होस्टेलमा रहेका विद्यार्थीलाई कुटेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता बिरबहादुर थापाले बताए । यस विषयमा विद्यालयका प्रिन्सीपल हर्केश साँकीले उनले शिक्षकबाट गल्ती भएको स्विकारे र आवश्यक कारबाही गरिने बताए । विद्यार्थी कुट्ने शिक्षक अहिले प्रहरी नियन्त्रणमा छन् ।

होस्टेलको गेट बन्द गरेर विद्यार्थीहरुलाई कुुटपिट गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यसअघि पनि उक्त विद्यालयका विद्यार्थीमाथि कुटपिट भइरहने बताइएको छ ।

प्रतिक्रिया