ओलीले एमालेका मन्त्रीलाई बालकोट बोलाए, राजीनामाको तयारी


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई आफ्नो निवास बालकोट बोलाएका छन् । अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन् ।

बालकोट स्रोतका अनुसार उनले मन्त्रीहरुलाई राजीनामा दिन लगाउने तयारी गर्न बोलाएका हुन् ।

नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनाउने चर्चा भइरहेका ओलीले आज सबै मन्त्रीहरुलाई काठमाडौं उपत्यका नछाड्न र अलर्टमा बस्न निर्देशन दिएका थिए ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच बालुवाटारमा करिब ५ घण्टा छलफल चलेको थियो । दाहालसँगको कुराकानी आफू अनुकूल हुन नसकेमा ओलीले आफ्ना मन्त्रीहरूलाई राजीनामा गराउन सक्ने बताइएको थियो ।

यो पनि:

के कुराले सुरु भएको थियो प्रचण्ड–ओली टकराव ? यस्तो छ भित्रि कथा

 

प्रतिक्रिया