नक्कली सुनको मुर्ति देखाएर ३० लाख ठग्ने कलाकारसहित पाँच पक्राउ


काठमाडौं–नक्कली सुनको मुर्ति देखाएर ठगी गरेको आरोपमा काठमाडौंबाट पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई कमलपोखरी बस्दै आएका ४० वर्षीय कलाकार दास, म्याग्दीका क्षेत्रबहादुर शाही,धादिङका ३८ वर्षीय दिपक थापा,दाङका ३५ वर्षीय बसन्त चौधरी र काठमाडौंको चौमती बस्दै आएका ५५ वर्षीय रविन महर्जन छन् ।

प्रहरीका अनुसार कलाकार दासले कागेश्वरी मनोहरा नगरपालिका –७  विष्ट गाउँमा व्यावसाय गर्दै आएका दिनेश न्यौपानेलाई नक्कली सुनको मुर्ति सक्कली भन्दै ३० लाखमा बेचेका थिए ।

घटनमा अन्यको पनि संलग्नता पाइएको छ । उनीहरुको साथबाट प्रहरीले १४ लाख रुपैया समेत बरामद गरेको छ ।

प्रतिक्रिया