लालीगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ


काठमाडौं — बचतकर्ताको अर्बौँ रूपैयाँ अपचलन गरेको आरोपमा ललितपुरको लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पनि पक्राउ परेका छन् ।

अध्यक्ष अमरदास श्रेष्ठ र कोषाध्यक्ष अमृतकुमार अर्याललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

यसअघि शुक्रबार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका थिए ।

 

 

प्रतिक्रिया