

ओलीले गरे राजनीतिक बाहेकका भेटघाट बन्द

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक बाहेकका सबै भेटघाट बन्द गरेका छन् ।
अध्यक्ष ओलीले आइतबारदेखि बालकोटस्थित निवासमा राजनीतिक बाहेक अन्य सबै प्रकारको भेटघाट बन्द गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटघाटपछि भएको विकासक्रमलाई मध्यनजर गर्दै भेटघाट बन्द गरेको हुनसक्ने एमाले एक नेताले बताए ।
देउवासँगकाे भेटपछि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग लगातार रूपमा भेटघाट गरिरहेका छन् । यसै क्रममा ओली र प्रचण्डबीच आज बिहान करिब ५ घन्टा बालुवाटारमा भेटघाट भएको थियो ।
र यो पनि…
के कुराले सुरु भएको थियो प्रचण्ड–ओली टकराव ? यस्तो छ भित्रि कथा

