एमालेका मन्त्रीलाई उपत्यका नछोड्न ओलीको निर्देशन


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई काठमाडाैं उपत्यका नछाड्न निर्देशन दिएका छन् । नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनाउने चर्चा भइरहेका बेला ओलीले यस्ताे निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच बालुवाटारमा करिब ५ घण्टा छलफल चलेकाे थियाे ।  दाहालसँगको कुराकानी आफू अनुकूल हुन नसकेमा ओलीले आफ्ना मन्त्रीहरूलाई आजै राजीनामा गराउन सक्ने स्रोतले बताएको छ।

एमालेका एक मन्त्रीका अनुसार   ओलीले साँझ साढे ६ बजे आफ्नो केही कुरा भन्ने बताएका छन् ।

प्रतिक्रिया