मन्त्रिपरिषद्को बैठक बस्दै, मुख्य सचिव नियुक्त हुने !


काठमाडौं – आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

नियमित बैठक अन्तर्गत आज मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्न लागेको हो ।

आजको बैठकले मुख्य सचिव नियुक्त गर्न सक्ने बताइएको छ ।

बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै खाली भएको मुख्य सचिवमा तोयानारायण ज्ञावाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेलको नाम चर्चामा रहेको छ ।

प्रतिक्रिया