६० किलो सुन तस्करी प्रकरणः महरा र पुनको संलग्नता छैनः सीआईबी


काठमाडौं — केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नरहेकाे जनाएकाे छ ।

सुन तस्करीको दोस्रो चरणको अनुसन्धानबारे जानकारी दिन सोमबार आयोजित पत्रकार भेटघाटका क्रममा सीआईबीका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले बताए ।

ज्ञवालीले ६० किलो सुन तस्करीमा महरा र दिपेशको संलग्न नभएको जानकारी गराएका हुन् । ज्ञवालीले उनीहरू विरूद्ध भेप प्रकरणमा भने अनुसन्धान जारी रहेको जनाए ।

‘६० किलो सुन तस्करीको अनुसन्धानमा कृष्णबहादुर महरा र दिपेश पुनको संलग्न भेटिएन । भेप प्रकरणको अनुसन्धान अझै जारी छ,’ एआईजी ज्ञवालीले भने ।

 

प्रतिक्रिया