‘प्रचण्ड’ले भने-हतारमा पार्टी एकता गर्ने पक्षमा छैनौँ


काठमाडौँ – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा वामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘प्रचण्ड’ले विगतमा पार्टी एकताको नाममा भएको दुर्घटनाबाट पाठ सिक्दै हतारमा वामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका हुन् ।

पार्टी एकता एकताभन्दा राजनीतिक स्थायीत्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गर्दै काम गर्दै जाने उनको भनाइ छ ।

उनले पार्टी एकताका नाममा पुरानै दुर्घटना नहोस् भन्नेमा सचेत रहेको धारणा राखे । त्यस्तै, प्रधानमन्त्री ‘प्रचण्ड’ले किसानहरूलाई मलको अभाव हुन नदिन राम्रो तयारीमा रहेको बताए ।

उनले चितवनमा केरा किसानहरूलाई क्षतिपूर्ति दिने विषयमा छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया