ससुराको गोठमा आगजनी गरेको आरोपमा बुहारी पक्राउ


दाङ–दाङमा ससुराको गोठमा आगजनी गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् ।

बङलाचुली गाउँपालिका–५ साकिने बस्ने ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गरेको आरोपमा बुहारी २६ वर्षीया खेमा घर्ती पक्राउ परेकी हुन् ।

घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको काँटी सल्काई उक्त गोठको छानामा फालेर आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कमिरेचौरले जनाएको छ ।

आगलागीबाट ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रतिक्रिया