सुदूरपश्चिम सरकार ढाल्ने तयारी, रेशमले भने–मुख्यमन्त्री दिनेसँग मिल्छौं


काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएका छन् । पार्टी अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन् ।

यसबारे प्रतिक्रिया माग्दा नाउपाका संरक्षक रहेका रञ्जिताका पती रेशम चौधरीले केन्द्रको कुरा जानकारी नभएको तर सुदूरपश्चिममा मुख्यमन्त्री मागिरहेको बताएका छन् । ‘माथिको कुरा थाहा भएन, म पार्टीको जिम्मेवारीमा छैन । सुदूरपश्चिमका हकमा जसले मुख्यमन्त्री दिन्छ, उसैलाई हाम्रो समर्थन रहन्छ ।’

सुदूरपश्चिमको संसदीय दलका नेता घनश्याम चौधरीले आफ्ना पार्टीका दुवै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरिरहेको रेशम चौधरीले बताए । ‘हाम्रा दुवै मन्त्रीलाई फिर्ता बोलाएर सुदूरपश्चिम नयाँ ढंगले अगाडि बढ्छौ । जसले मुख्यमन्त्री दिन्छ उसैलाई समर्थन गछौं’ उनले भने ।

अहिले नाउपाबाट रञ्जिता पक्षका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री र टीका थापालाई कृषि तथा भूमि सुधार मन्त्री रहेका छन् ।

हाल सुदूरपश्चिममा नेकपा एकिकृत समाजवादीका दिर्घ सोडारी मुख्यमन्त्री छन् ।

उनी एमालेका ११,माओवादीका १०,रञ्जिता पक्षमा २,एकिकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सासंदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । यो संख्या २८ हुन्छ ।

५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ मत आवश्यक हुन्छ । सरकारमा सहभागि नाउपाका २ मन्त्री फिर्ता भएर समर्थन नदिएमा सरकार संकटमा पर्नसक्छ ।

प्रतिक्रिया