धितोपत्र बोर्ड अध्यक्षको प्रक्रिया रद्द


काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि बनेको सिफारिस समितिले अध्यक्ष छनोटको प्रक्रिया रद्द गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै समितिले हालसम्मका सम्पूर्ण छनोट प्रक्रिया रद्द गरिएको जनाएको हो ।

समितिले गत वर्ष फागुन १६ गते सूचना निकालेर अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो । आज समितिले एक सूचमार्फत त्यसयताका सबै प्रक्रियाहरू रद्द गरिएको बताएको हो ।

बोर्डको अध्यक्षका लागि तत्कालीन बिमा समिति ९हाल नेपाल बिमा प्राधिकरण०का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, नेप्सेका प्रमुख कार्यकारी अधिकारी ९सीईओ० कृष्णबहादुर कार्की, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र व्यवसायी सन्तोषनारायण श्रेष्ठ सर्टलिस्टमा परेका थिए ।

उनीहरूमध्ये मुक्तिनाथ र व्यवसायी सन्तोषनारायण मात्र प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भएका थिए । प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी नभएका चापागाईं, कार्की र अधिकारीलाई समितिले दोस्रोपटक असार ५ गतेका लागि बोलाएको थियो । तर, उनीहरू दोस्रोपटक पनि सहभागी नभएपछि समितिले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले ऐनमा भएको व्यवस्थाअनुसार अगाडि बढ्न राय दिएको थियो । धितोपत्र ऐनमा तीन जनाको नाम सिफारिस गर्न सकिने व्यवस्था छ ।

सरकारले गत वर्ष माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थसचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य थिए ।

समितिमा संयोजक श्रेष्ठ र सदस्य निरौलाले पाँचै जनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्न सकिने प्रस्ताव गरेका थिए । तर, अर्थसचिव मरासिनी उनीहरूको प्रस्तावमा सहमत नभएपछि दुईपटक बसेको समितिको बैठकले अध्यक्ष सिफारिस गर्न नसकेको हो ।

प्रतिक्रिया