आइसीसीले भारतलाई दिएकाे ट्रफी ‘नक्कली’ ! कता छ सक्कली ?


काठमाडाैं-  टी-२० विश्वकप २०२४ भारतीय टीमले जितेकाे छ ।  फाइनल खेलमा जित हात पारेपछि भारतीय टोलीका कप्तान रोहित शर्मालाई टी–२० विश्वकपको चम्किलो ट्रफी प्रदान गरिएको छ । चाँदीबाट बनेको त्यो ट्रफी निकै सुन्दर र आकर्षक छ ।

टी–२० विश्वकपको ट्रफी एकदिवसीय विश्वकपको भन्दा फरक छ । एकदिवसीय विश्वकप ट्रफी सुनले बनेको छ। जबकि टी-२० विश्वकप ट्रफी चाँदीको बनेको छ ।

यो ट्रफी पूरै चाँदी र रोडियमबाट बनेको छ । यसको ताैल लगभग १२ किलो छ । यसको उचाइ ५७.१५ सेमी छ। मिडिया रिपोर्टका अनुसार यसको मूल्य १५ देखि २० लाख रुपैयाँसम्म रहेको छ ।

सक्कली ट्रफी नै दिइन्छ ?
एकदिवसीय विश्वकप जस्तै टी–२० विश्वकपको सक्कली ट्रफी पनि टोलीलाई दिइएको छैन । यो ट्रफी आईसीसीले आफूसँग राखेको छ । जबकी नक्कली अर्थात रेप्लिका(समान देखिने ) ट्रफी विजेता टोलीलाई दिइन्छ । आईसीसीले प्रत्येक टोली अनुसार सबै मूल ट्रफीहरू आफ्नो क्याबिनेटमा राख्छ ।

रेप्लिका कसले राख्छ ? 
विजेता टोलीले प्राप्त गरेको रेप्लिका ट्रफी कुनै खेलाडी, कप्तान वा प्रशिक्षकलाई दिइँदैन । क्रिकेट बोर्डले यसलाई आफ्नो क्याबिनेटमा राख्छ । यसअघि भारतले ३ पटक विश्वकप जितेको छ । जसमा २००७ को टी-२० विश्वकप र सन् १९८३ र २०११ को एकदिवसीय विश्वकप समावेश छ । क्रिकेट बोर्ड अर्थात बीसीसीआईले  यी तीन विश्वकपलाई आफ्नो क्याबिनेटमा राखेको छ ।

प्रतिक्रिया