

‘त्यो पर्दैन’

यो साता निक्कै चर्चित भयो ‘त्यो पर्दैन’। यसको पृष्ठभूमी खासगरी दुईवटा विषयमा केन्द्रित छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा’ भन्ने शव्दको उच्चारण गर्दा ‘त्यो पर्दैन’ भनिदिए।
यहि प्रकरणका चार वटा मुद्दा सर्वोच्चमा परेका थिए। यसको अर्थ प्रधानमन्त्री ओलीले कति गैरजिम्मेवार र मुद्दा मामिला पर्नेगरी पदीय मर्यादालाई ख्याल गरेनन् भन्ने नै हो।
एकातिर यो विश्लेषण छ भने अर्कातिर आम मानिसले ओलीको यो प्रकरणलाई सरल र सहज रुपमा लिएनन्। बरु, मजाक बनाए। यसका उदाहरण सार्वजनिक सामाजिक सञ्जालमा देखिएका विविध नक्कल र प्यारोडी हुन्।
प्रधानमन्त्री ओलीको शपथ प्रकरणलाई आम मानिसले गम्भीर रुपमा लिएका नै छैनन्। खासमा सामाजिक सञ्जाल टिकटकमा प्रधानमन्त्री ओली उक्त भाषणको त नक्कलीबाजी भएकै छन्, कतिपयले प्यारोडी तालमा पनि बनाएका छन्। यसले के पुष्टि गर्छ भने नेपाली आम मानिस राज्यका खबरसँग बेखबर छैनन् बरु राज्यमा प्रतिनिधि बनेर पुगेकाहरूलाई सिरियस नै लिँदैनन्।
त्यो पर्दैन प्रकरण कुनै नयाँ होइन। नेपाली कम्युनिस्ट पार्टीका दुई हस्ती ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाषणबाजीले पनि सामाजिक सञ्जाल तताएको थियो। यो एउटा सुक्ष्म अध्ययनको परिणाम नै हो की, आम मानिस राज्यका कमजोरीसँग रमाइलो गरिरहेका छन्। राज्य एकमाथि अर्को मजाक थपिरहेको छ।
गोरखाको एउटा सभामा रामकुमारी झाँक्रीले जुन भाषामा राष्ट्रपति भण्डारीको आलोचना गरिन् यसको विरोध गरिएको थियो। प्रधानमन्त्री ओली आफैंले पनि राष्ट्रपति संस्थाको विषयमा भएका आलोचनाको कठोर निन्दा गरेका थिए। त्यसको भए ओलीलाई प्रश्न– तपाईलेचाहिँ ‘त्यो पर्दैन’ किन भनेको?
लामो केही भन्नु छैन। यस प्रकरणमा प्रधानमन्त्री ओलीलाई केही सुझाव छन्।
राज्य कुनै मजाक गर्ने, राष्ट्रपति संस्था र व्यक्ति कुनै गरिमाशुन्य संस्था होइन भन्ने बुझ्न आवश्यक छ। सहकर्मी पहिला भए पनि अहिले उक्त संस्थामा को व्यक्ति छ भन्ने चिज महत्व होइन, हामीले त्यसको गरिमा कति राख्दछौं भन्ने ठूलो कुरा हो।
गोरखाको एउटा सभामा रामकुमारी झाँक्रीले जुन भाषामा राष्ट्रपति भण्डारीको आलोचना गरिन् यसको विरोध गरिएको थियो। प्रधानमन्त्री ओली आफैंले पनि राष्ट्रपति संस्थाको विषयमा भएका आलोचनाको कठोर निन्दा गरेका थिए। त्यसको भए ओलीलाई प्रश्न– तपाईलेचाहिँ ‘त्यो पर्दैन’ किन भनेको? यसले गरिमा गिरेन?
नेपाल एकातिर कोरोनाको रागमा चित्कार गरिरहेको छ। बालुवाटारलेचाहिँ मनपरी र मजाक गर्न सुहाउँछ? त्यो संस्थाबाट गाइडेड व्यक्तिले के गर्लान्? कस्तो होला? यो अति सामान्य चिज होइन, हेक्का होस्।

