स्वर्गीय गिरिजाप्रसाद कोइरालाज्यूसँग मेरो सम्झना…
॥ॐ॥
श्रद्धय नेता गिरिजा प्रसाद कोइरालासँग सशरीर प्रत्यक्ष भेट गर्ने सौभाग्य मैले कहिल्यै पाईन । सशरीर भेट नभय पनि उहाँको बिचार, भाषण र राजनीतिक फैसलाहरु टिभि, रेडियो र समाचारपत्रहरुबाट प्राप्त गरी साक्षात भेट भएको अनुभूति गर्दथ्यौं ।
नेपालमा त उहाँ युगचर्चित नै हुनुहुन्थ्यो । विदेशमा पनि उहाँको चर्चा प्रशस्त हुने गर्दथ्यो । म नेविसंघ भारतको अध्यक्ष दायित्वमा कार्य गर्दै गर्दा भारतको विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग सम्पर्क र भेट हुने क्रममा प्रायःले गिरिजा बाबु / कोइराला बाबुको जिक्र गर्ने गर्दथे र अहिले पनि गर्ने गर्दछन् ।
म विश्व विद्यार्थी युवा संघ World Organisation Students and Youth को अन्तर्राष्ट्रिय सचिवको दायित्वमा हुँदा विभिन्न देशका युवाहरुसँग छलफल क्रममा एकपटक म्यान्मारको युवा साथीहरुसँग मिटिंग भयो । साथीहरु आङ सान सुकीको समर्थक हुनुहुँदोरहेछ, उहाँहरुले गिरिजा बाबुको जिक्र गर्दै ‘हाम्रो नेता आङ सान सुकी तपाईको नेता गिरिजा प्रसाद कोइरालालाई फलो गर्नुहुन्छ, सुकीज्यू म्यान्मारमा लोकतन्त्रको माध्यमबाट विकास गर्न चाहनुहुन्छ ।’ यो वाक्य सुनेर मेरो मुटु गर्वले ढक्क भयो ।
२०६५ सालमा एकपटक नेपाली कॉंग्रेसको एउटा भातृ संगठनको उद्घटान समारोहमा २ / ३ फिट परबाट प्रत्यक्ष देख्ने अवसर पाएँ । उहाँ मञ्चमा हुनुहुन्थियो मन परेको नेतासँग हात मिलाउन इच्छा थियो त्यो इच्छा नै रह्यो ।
मैले उहाँपछिका अहिलेसम्मका नेपालको सबै प्रधानमन्त्रीहरुसँग प्रत्यक्ष सम्वाद गर्ने अवसर पाएँ, उहाँसँग प्रत्यक्ष भेट्ने सपना नै रह्यो र त्यो सपना उहाँको स्वर्गाहरण पछी मात्रै सयोंग जुर्यो ।
गिरिजा बाबुको देहान्त पश्चात उहाँको अस्तुलाई विभिन्न तीर्थस्थलहरुमा विसर्जन गर्ने पार्टी र परिवारले निर्णय गर्यो । सोही क्रममा उहाँको अस्तु भारत हरिद्वारमा पनी विसर्जन गर्ने कुरा आयो ।
नयाँदिल्लीस्थित नेपाल दूतावासमा एक तम्बाको लोटामा कपडाले छोपिएको अस्तु आयो । संयोगले हरिद्वार अस्तु लिएर जाने मध्ये म पनि परें म विद्यार्थी संगठनमा कार्यरत थिए ।
नेपाली जनसम्पर्क समिति भारतको अध्यक्ष श्री बालकृष्ण पाण्डे (तेतीबेलाको महामन्त्री) दूतावासको तर्फ़बाट दुईजना अधिकारी र म लगायत अस्तु लिएर जाने कुरा भयो । प्रमोद खरेल, मदन भण्डारीसहितका संगठनका अरु साथीहरु एकदिन पहिला नै हरिद्वार पुग्नुभयो । अब समस्या कहाँनेर आयो भने हरिद्वारमा त्यतिबेला धार्मिक मेला सानो कुम्भ स्नान चलिराखेको थियो । भिड व्यवस्थापनका लागि घाटसम्म गाडी लैजान नपाईने भएकोले घण्टौ पैदल हिड्नु पर्ने बाध्यता ।
मैले त्यो समयको मा. मुख्यमन्त्री उत्तराखण्ड, आदरणीय श्री भगत सिंह कोश्यारीज्युलाई फोन गरेँ । मा. मुख्यमन्त्रीज्यूले आफ्नो बडा चिरपरिचित अन्दाज़मा भन्नुभयो (अरे सन्दीप कोइराला जी सिर्फ नेपालका ही नेता नही है वह तो एशिया के ही नेता है । आप के प्रधानमन्त्री जी के अस्तु हरिद्वार आरहे है, यह उत्तराखण्ड के लिए सम्मान के बात है तुम चिन्ता न करो सब व्यवस्था हो जाएगी) । हामीले मुख्यमन्त्री कार्यालयमा गाडी नम्बर नोट गरायौं सो गाडी नम्बर 51 CD 8 अझै पनि नेपाल दूतावासमा छ ।
हामी दिल्लीबाट प्रस्थान भएपछि उत्तरप्रदेश सिमाना गाजियावाद पुग्नासाथ उत्तराखण्ड पुलिसको एक मोटरसाइकल पथप्रदर्शक भएर अगाड़ी लाग्यो । जब उत्तरप्रदेश र उत्तराखण्डको सिमाना रुड़की प्रवेश गर्याैं, त्यहाँबाट त उत्तराखण्ड पुलिसको स्कर्ट नै तैयार रहेछ । अगाड़ी पछाड़ी साइरनसहितको उत्तराखण्ड पुलिसको स्कर्टबीचमा दूतावासको गाडी, स्कॉर्पियोको पछाडी सिटमा दायाँतर्फ श्री बालकृष्ण पाण्डे बायाँतर्फ दूतावास अधिकारी बीचमा म र मेरो हातमा गिरिजा बाबूको अस्तु । उत्तराखण्ड सरकारले बडा सम्मानको साथ भीआईपी तरिकाले सिधै हरको पैड़ीसम्म लग्यो, त्यो सबै सम्मान गिरिजा बाबुको लागि थियो ।
नेपाली समुदाय र विभिन्न संघसंस्थाहरुद्वारा गरीबदास आश्रममा एक श्रद्धांजलि सभा आयोजना गरियो । सबैका आँखाहरु नम थिए । भारतीय पत्रकारहरुको खचाखच उपस्थिति थियो । मुख्यमन्त्री कार्यालय र मेरो भारतीय मित्र भूगर्भविद डॉ आलोक पाण्डेले राम्रो व्यवस्था गर्नुभएको थियो । सम्मानको साथ हरिद्वारस्थित नेपाली पाण्डाहरुको मन्त्रोच्चारसहित प्रिय नेताको अस्तु विसर्जन गरियो । भोलिपल्ट भारतको प्रत्येक समाचारपत्रको मुख्यशीर्षक नै थियो, ‘नेपाल के प्रधानमन्त्री का अस्तु हरिद्वार गङ्गा में विसर्जन’ । शताब्दी जन्मवर्ष हार्दिक श्रद्धासुमन गिरिजाबाबु !!!!
(लेखक नेपाली कांग्रेस महासमिति सदस्य हुन्)