अस्थायी, करार र ज्यालादारी कर्मचारीको सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग माग


काठमाडौं – अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले नेपाल सरकार मातहतका कार्यालयहरुमा कार्यरत अस्थायी रुपमा कार्यरत कर्मचारीहरुलाई रोजगारीको सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् ।

देशमा व्याप्त कोरोना महामारीका कारण कतिपय स्थानहरुमा करार र अस्थायी कर्मचारीहरुले नै फ्रन्टलाइनमा खटिएर काम गर्दै आएको परिवेशमा यस्ता कर्मचारीहरुको व्यक्तिगत सुरक्षासहित निःशुल्क उपचारको व्यवस्थाका साथै कुनै पनि बहानामा रोजगारीमा धक्का लाग्ने कुनै काम नगर्न समेत माग गरेका छन् ।

संघले एक विज्ञप्ति निकाल्दै अगाडि भनेको छ, ‘नेपाल सरकारको मातहतका सरकारी कार्यालयहरुमा कार्यरत कुनै पनि अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई कुनै पनि बहानामा रोजगारीमा धक्का लाग्ने कुनै कार्य नगर्न नगराउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।’

विज्ञप्तिः

No description available.

 

प्रतिक्रिया