काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई लक्षित गर्दै पुष्पकमल दाहालले भरतपुर महानगरपालिकामा धेरै बजेट विनियोजन गरिदिएको जनाएका छन् ।
मेयर दाहालको अभिव्यक्तिलाई लक्षित गर्दै साम्पाङले अब २०८४ सालमा आफू केन्द्रीय राजनीतिमा आउने छनक पनि दिएका छन् । उनले लेखेका छन्, तपाइँको बाऊले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ! अब ८४ मा म आँफै आएर गर्नुपर्ला त्यो ठाउँमा भन्दैछु !’
उनी लेख्छन्,
रेनु दहालले मलाई ठुला योजना गर्नु पर्थौ भनेर भनेछ ! रेनुजी तपाइँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने ? बाऊ ठिक रैन छ पार्टी ठिक रैछ छ त ! एयरपोर्ट मागेको तपाइँकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाइँकै बाऊ प्रधानमन्त्री थिए, बिराटनगरमा छँदैछ किन चाहियो धरानमा भने ! अहिलेका पार्टी ठिक्छैन रैछ कुनै पनि विभेद गर्छ ! तपाइँको बाऊले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ! अब ८४ मा म आफै आएर गर्नु पर्ला त्यो ठाउँमा भन्दैछु ! बालेन जीको कुरा नगर्नु वहाँको बजेट २६ अर्ब माथिछ ! पैसा २०% पनि खर्च गर्न सक्दैन त्यो महानगरले ! बिना पैसा पनि बिकास कसरी गर्न सकिन्छ ! जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु ! भिजन भनेको के हो त्यो म सिकाउँछु ! विदेशी ऋण बोकेर धेरै ठूलो गाडी हाँक्नु हुँदन ! स्वादेशी उत्पादनमा जोड दिनु पर्छ ! यो हो भिजन ! बिचरा तपाइँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईंहरुको पार्टी सामन्त र दलाल, पूँजीपतिहरुको पार्टी बनिसक्यो भन्ने ! बिचरा…