

‘उपसचिव हुँ’ भन्दै ७ लाखभन्दा बढी ठगी गर्ने महिला त्रिपुरेश्वरबाट पक्राउ

काठमाडौं- ‘नेपाल सरकारको उपसचिव हुँ’ भन्दै विभिन्न व्यक्तिलाई झुक्याएर सात लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक महिला त्रिपुरेश्वरबाट पक्राउ परेकी छन् ।
पक्राउ परेकी महिलाको पहिचान दैलेख दुनेचौर गाउँपालिका–५ स्थायी घर भई हाल ललितपुर–२५ बस्ने ४० वर्षीया जानकी न्यौपानेका रूपमा खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीका अनुसार न्यौपानेले आफू कानुन मन्त्रालयको उपसचिव र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको झुटो परिचय दिँदै विभिन्न व्यक्तिलाई ठेक्का मिलाइदिने नाममा ठगी गरेकी हुन् ।
उनले विभिन्न शीर्षकमा ७ लाख ६० हजार ८ सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी न्यौपानेलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ललितपुर पठाइएको छ ।

