

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडाैं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बसिरहेको हो । आजको मन्त्रिपरिषद् बैठकमा शिक्षकका मागहरूबारे केही निर्णय हुने तयारी छ ।
मन्त्रिपरिषद् बैठकअघि शिक्षामन्त्री विद्या भट्टराईले भने राजीनामा दिएकी छन् ।

