पूर्वडिएसपी पराजुलीको बयान– आफ्नै अक्सिजन निकालेर मैले राजकुमारलाई लगाइदिएको थिएँं
कोरोनाले रातको दुई बजे श्वास फेर्न गाह्रो भो। जिब्रो सुकेर काठ जस्तो। १०२ ज्वरो। अक्सिजन भने ९२। जिब्रो सानो पैसा जत्रो भएको अनुभुति। लत्रदै छोरीको कोठा ढकढकाएँ। छोरीले सिम्टम हेरेर गुगल गर्दा औषधीको ओभर डोजले हो भन्ने यकीन गरिन्।
मेरी साली सन्जुलाई राति नै फोन गरियो। त्यति आत्तीनु पर्दैन चिसो पानी जीउतिर लागाउने पानी खाने गर्नु भन्ने सुझाब आयो।
ज्वरो ज्यादा आएमा सिटामोल डबल डोज खानु भन्ने डाक्टरको सल्लाहअनुसार २ दिनदेखि सिटामोलको ठाउँमा कोडफस (५००एमजी सिटामोल र १० एमजी कोडाइन) ६–६ घण्टामा खाएँ। सायद त्यही कारण हुनुपर्छ भन्ने सोचें।
कतिखेर बिहान होला भनेर ज्यादै खपेर कुरी बसें। बिहान अस्पताल जाने विचारले ज्वाइँ बिमललाई फोन गरें उहाँले एम्बुलेन्स पठाईदिनु भयो। म प्रहरी अस्पताल पुगें। त्यहाँ पुग्दा अक्सिजन लेवल ठीक छ तपाईं औषधी लिएर घर जानुहोस् भने।
मेरो मन मानेन १०२ डिग्री ज्वरो थियो। डिसपी प्रभा सा’पले डा.लाई अनुरोध गर्नुभयो उहाँ हत्तपत्त आत्तिने मानिस होइन घरमा पनि सबै बिरामी छन् बेड भर्ना गरिदिउँ भन्दा डा. पड्कीए। यस्तो नर्मललाई भर्ना गरे अर्को सिरियस अक्सिजन नपाएर मर्छ भन्दै बाटो तताए।
प्रभा सा’पले माथि नै जाहेर गरी भर्ना गरिदिएर ज्यादै ठूलो गुण लगाउनुभयो। भाई कृष्ण र भानिज पस्करले माथि मेडिसिन वार्डमा पुराउनुभयो। जाहाँ डिआईजी पूर्णसिंह खड्का (अवकाश प्राप्त) अक्सिजन सहितको उपचारमा हुनुहुन्थ्यो।
मैले अभिवादन गरें र साइडको १३९ नं वेडमा पदारिदो भएँ। भोली पल्ट अक्सिजनको लेभल ८५ मा पुग्यो। हतार–हतार अक्सिजन फिट भयो। राहतको लामो सास फेरें।
८ औं दिनसम्मको उपचार हुँदा राती ११ बजे मेरो साथी राजकुमार केसी कालो क्याप र निलो मास्कमा हाम्रो कक्षमा प्रवेश गरे। मैले मधुरो लाइट र मास्कमै राजकुमार साप होइन? भनें। हो दाई जय नेपाल! भन्नुभयो। मैले डिआईजी सापलाई देखाउँदै परिचय गराएँ।
जय नेपालको अभिवादन पछी उहाँलाई वेड नं.१४१ मा राख्दै सबै कुरा सोधें। अवस्था त्यति गम्भीर थिएन। मैले तातो पानी तताएर दिएँ। फलपूmल तातो पानीमा हालेर तातो बनाई खान दिएँ। सुखदुखको कुरा भयो। भर्ना हुन ७ घण्टा लाग्यो दाई। वेड छैन भनेर।
एसएसपी अशोक सिंह सरले यहाँको एआईजी आशा सिहंलाई फोन गरी ‘मैले एउटा डिएसपीलाई पनि आफ्नै अस्पतालमा भर्ना गर्न नसकेपछि मैले काठमाडांै कसरी चलाउने भनेर कराएपछि बल्ल बेड पाइयो भन्नुभयो’ ।
प्रहरी अस्पताल सर्वसाधारणलाई खुला गरेपछि प्रहरीलाई नै वेवास्ता हुन थाल्यो भनेर कुराकानी भयो। डिआईजी सापले बाहालवाला डिएसपीको त यो हाल छ, अरू सिपाहीको के हाल होला? विचरा ती सिपाहीको पीडा कस्ले सुन्ला? भन्नु भयो।
एक क्षणपछी डिएसपी राजकुमार कता हुनुहुन्छ? भन्दै डा. नर्सको ओइरो लाग्यो, सायद अशोक सिंहको गर्जाइको परिणाम हुनुपर्दछ। भनेर अनुमान लगाइयो।
यसरी मलाई भने निको हुँदै गएको थियो। राण्डेसिभीरको ६ओटा डोज पूरा भएको थियो। डा. अब तपाईको सेल्फ रिकोइष्टले घर जान सक्नुहुन्छ भन्दै थिए। घरमा ८९ बर्षे बुवाको अवस्था र मेरोबारे चिन्ता! श्रीमतीजी पनि कोरोनाको पिडित, छोरी एउटाले कतिलाई हेर्ने? घरमा अन रोकोइष्टले डिसचार्ज भइ घर आउने तीब्र ईच्छा जागेको थियो, जिन्दगीको सबैभन्दा लामो हस्पीटलको बसाइले।
साथी राजकुमारले दाई आजको दिन बस्नुहोस भनी कर गरेकोले छोडेर आउन मनले मानेन। हुन त म डाक्टर पनि होइन, नर्स पनि होइन। तर बास्तबमा मैले नर्सले निभाउनुपर्ने सबैजसो भूमिका निभाएको थिएँ राजकुमारका लागि। समयमा औषधि दिने, स्या–स्या गर्दै नर्सिङ्ग वार्डबाट पानी ल्याई तताएर दिने, फलफूल काटेर दिने, अक्सिजन र ज्वरो नापी नर्सलाइ रिपोर्ट गर्ने आदी।
राती राजकुमारको अक्सिजनको सिलिण्डर खाली भएर छटपटाएका रहेछन। दौडँदै नर्सकोमा जाँदा खाली फेरि वार्डमा फर्केर आफ्नै अक्सिजनको सिलिण्डर निकालेर डिआईजी साप र मैले राजकुमारलाई लगाइदियौं। डिआईजी सापले सारै मायालु नजरले हेर्नुभयो। अब तपाईलाई चाहिएमा के गर्ने? भन्नुभयो। मैले मेरो ९० मा छ उसको त ८० मा त्यसैले हो सर भनें। उहाँले भित्री मनबाटै मेरो त्यागलाई स्वागत गर्नुभयो। त्यतिबेला म अक्सिजनमै थिएँ। केवल काम गर्दा अक्सिजन हटाउने काम सकिँनासाथ अक्सिजन लगाई हाल्दथें।
त्यो बीचमा मैले घरमा मेरो म्याडमसँग भिडियोकल गरी हामी ३ जना छौं। उ कुनाको साथी राजकुमार हो भनेर देखाईदिएँ। उनले भाउजू दर्शन! म यहाँ कुनामा छु। कालो कालो छु दाई जस्तो गोरो होइन भनेर ठट्टासम्म गर्न भ्याए।
भोलीपल्ट डाक्टर आए। मैले उहाँको एक्सरे पनि भएको छैन बेला बेला अक्सिजनको लेभल पनि घट्छ। हामीलाई जस्तै राण्डेसिभीर लगाउन पाए हुन्थ्यो भन्दा डाक्टरले हुन्छ भन्नुभयो। एक्सरे भयो छातीको। मलाई र डिआइजी सापलाई डाक्टरले डिस्चार्ज लेख्नुभयो। राज कुमारको अनुहार मलिन भयो।
मैले चिन्ता नगर्नुहोस् अर्को मानिस आएपछी म घरमा साँझ जाउँला भनेर सम्झाएँ। त्यतिबेलासम्म राजकुमारको अवस्था राम्रो हुँदै गएको थियो। भानिज पुस्करलाई ११ बजे गाडी लिएर अस्पताल बोलाएँ तर सो वार्डमा कोही नयाँ बिरामी नआएकोले ५ बजेसम्म कुरियो।
५ः३० मा मात्र नयाँ विरामी आएकोले हामी कुम्लो पोको लिएर राजकुमारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै डिआईजी साप म र राजकुमारले सेल्फी खिची त्यहाँबाट विदा भयौं। साँझ म घर आएर राजकुमारलाई फोन गर्दा स्वीच अफ, भोलीपल्ट पनि सवीच अफ।
मैले डिएसपी शरद थापालाई सोधें राजकुमारको अर्को फोन छैन? उहाँले पनि म सँगै भएको फोन कठ्ठै सुनाए। यो त मसँग पनि छ तर स्विच अप छ। अर्को छैन भन्दा म खोजेर दिउँला दाई भन्नुभयो। तर आएन। सोचें उ आफंै कोभिड पीडित। अनि मनले सुख दिएन राजकुमारका सहकर्मी साथी प्रहरी निरिक्षक नानिकाजीलाई सोधें। उहाँले एनसेलको नम्बर दिनुभयो मैले। ज्यादा नबोली राजकुमारलाई फोन गरें। शुरुमा उठेन पछी कलब्याक आयो।
‘दाइ राम्रो हुँदैछ। दाइलाई लगाएको राण्डेसिभिर चल्दैछ। अब ठीक हुन्छ दाई’ भनेर स्पष्ट बोल्नु भएकोथियो। खुशीलाग्यो भनें। सो बीचमा डिआईजी पूर्णसिंह सरले राजकुमारको फोन माग्नुभयो, मैले त्यतीबेलासम्म नयाँ फोन पाइसकेको थिएँ। पुरानो फोन नऊठेको भन्नु भा थियो।
यसरी अप डेट हुँदै थिए शरत थापाले फोन गरेकोले राज कुमारलाई राम्रै हुँदैछ तपाईले फोन खोजेर दिने भनेको दिनु भएन मैले नानिकाजीसँग मागेर फोन गरे भनें। अ राम्रो छ रे डिएसपी सुधीर आएको थियो राजकुमारलाई भेटेको राण्डेसिबिर चल्दै छरे राम्रो हुँदैछ भनेको थियो।
तर दुर्भाग्य आज मलाई खोकीले ज्यादै पेल्यो। ५ बजेको रहेछ। उठेर औषधी खाएँ। यसो फेसबुक खोल्छु त डिसपी दक्ष बस्नेत भाइको स्टाटसमा बिहान बिहान सुनेको खबर सत्य नहोस् भगवान भन्नु भएको रहेछ। डर लाग्यो कसलाई कोभिडले माया गर्यो। भगवान निष्ठुरी बन्यो भन्ने। डिएसपी राजकुमार केसीको निधन!
ओमाई गड तिमी कति निष्ठुरी??
पत्याउनै सकिन। प्रेसर बढेर १५०–११० भयो। हतार हतार श्रीमतीजीको ढोका ढकढकाएर एकै सासमा बताएँ। मनलाई सम्हाल्न प्रयत्न गरें। आमा छोरीले पानी पट्टि लगाउने काम भयो।
अली निको भएसी यो दुखान्त कथा सुरू गरें।
आँखामा हाल्दा पनि नबिझाउने, मिलनसार, मृदुभाषी साथी गुमाउनु पर्दाको पीडा बताई साध्य छैन। नेपाल प्रहरीको होनाहार अफिसरको मृत्युले विभागलगायत राष्ट्रलाइ नै अपूरणीय क्षति भएको महसुश गरेको छु।
अल बिदा राज कुमार भाई!