काठमाडौंकाे मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत


काठमाडौं — काठमाडौं महानगरपालिका-२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई घरमा आगलागी हुँदा मृत्यु भएकी वृद्धाको सनाखत भएको छ ।

काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको सनाखत भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठको घरमा आगलागी भएको थियो। आगो नजिकै रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा समेत फैलिएको थियो। बिहान सुरु भएको आगो करिब तीन घण्टापछि बिहान १० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित जुद्ध बारुणका दुई, नेपाली सेनाको एक, ललितपुर महानगरको एक, रामहिटी र बालाजु औद्योगिक क्षेत्रका गरी जम्मा ६ वटा दमकल प्रयोग गरिएको थियो।

प्रतिक्रिया