पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना : ३ जनाको मृत्यु, ७ घाइते


पोखरा – पोखरामा भएको एक गम्भीर सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। काठमाडौंबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा–३२, लामेआहालमा दुर्घटनाग्रस्त भएको हो।

कास्की ट्राफिक प्रहरी कार्यालयकी इन्सपेक्टर शोभा पाण्डेका अनुसार, गम्भीर घाइते चार जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तीमध्ये तीन जनाको उपचारको क्रममा ज्यान गएको पुष्टि भएको छ। अन्य घाइतेहरूको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका कारण र मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित १० जना सवार थिए।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया