एक अभागी जातिका अभागी राजा…


दक्षिण एशियामा बर्मा र बंगालका मैदानहरुको बीचमा राखाइन र आराकान नामका पर्वतीय श्रृङ्खलाहरु पर्दछन् । उत्तरबाट दक्षिणतिर लम्बिएका यी पर्वतीय श्रृङ्खलाका केही भाग बर्मामा पर्छन् भने केही भाग भारतमा पर्छन् । भारतमा परेको यो पहाडी भागको ठूलो क्षेत्र सन् १९४७ मा भएको भारत-पाक विभाजनपछि पाकिस्तानको अधीनमा गएको थियो। पाकिस्तानको अधीनमा गएको सो क्षेत्र सन् १९७१ मा बंगलादेश बनेपछि बंगलादेशको नियन्त्रणमा पुग्यो ।

हाल बंगलादेशको अधीनमा रहेको यस पर्वतीय भूभागलाई “चिटागन्ज हिल ट्रेक्टस” भनेर चिनिन्छ । यो क्षेत्रमा अनेक आदिवासी जनतातिको बसोबास छ । तीमध्ये चकमा जाती प्रमुख हो।

दक्षिण एशियामा बर्मा र बंगालका मैदानहरुको बीचमा अवस्थित पर्वतीय श्रृङ्खलामा बसोबास गर्ने अधिकांश जनजातिले आफ्नो मौलिक धर्म त्यागेर उनीहरुको ईसाईकरण भैसकेको छ । तर चकमा मात्रै यस्तो जनजाती हो जसको पूर्णतः ईसाईकरण हुन सकेको छैन। चकमा जनजातिले थेरावादी बौद्ध धर्मलाई मान्दछन् ।

चकमा जातिको जनसङ्ख्याको कुरा गर्दा बंगलादेशमा ५ लाख, भारतमा अढाई लाख र बर्मामा एक लाख जति बसोबास गर्दछन् ।

पहिले चकमाको आफ्नै राज्य थियो । त्यसको राजधानी रंगमाटी शहरको राजबाडी भन्ने ठाउँमा थियो । जो हाल बंगलादेशमा पर्छ र कप्ताई नदीको बाँधले बनाएको जलाशयले राजबाडी वर्तमानमा पुरिइसकेको छ ।

भारतमा बस्ने चकमाहरुले अंग्रेजको औपनिवेशिक कालदेखि नै आफ्नो स्वायत्तताको लाागि ठूलो संघर्ष गरेका थिए। उनीहरुले आफ्नो भूभागमा भएको बंगाली मुस्लिमहरुको अतिक्रमणलाई रोक्न र आफ्नो मूल थलोलाई स्वशाशित राज्य बनाएर अन्यत्रबाट हुने आप्रवासलाई रोक्नु पर्ने माग राख्दै आएका थिए । तर अंगे्रजले ईसाई भएका मिजो, खासी, गारो, नागा, लुसाई, जयन्तिया र कुकी जाति बस्ने जनजाति बहुल क्षेत्रमा स्वशाशनको व्यवस्था गरिदिए दिए पनि चक्मा, मार्मा, मैतेई र बोडोजस्ता ईसाई धर्ममा रुपान्तरण नभएका जनजातिलाई भने स्वशाशनको अधिकार नदिएर पक्षपात गरेको थियो।

पाकिस्तानमा मिसिएकै दिनदेखि चकमाहरुका दुर्दिन आरम्भ भए । पाकिस्तान इस्लामिक राष्ट्र हुनाले त्यहाँ अन्य जाति र धर्मलाई समान अधिकार दिइएन । चकमा जातिको बसोबास भएको पहाडी क्षेत्रमा पूर्ण स्वशासनको अधिकार दिने कुरो त्यत्तिकै हरायो। यही पीडाले चकमा समुदायका राजा नलिनक्ष रायको असामयिक निधन भयो ।

सन् १९४७ मा भारत र पाकिस्तानको विभाजन हुँदा मोहम्मद अलि जिन्नाले चकमा जातिका राजा र नेतालाई फकाएर “पाकिस्तानमा मिसिएपछि चकमा जातिको बसोबास भएको पहाडी क्षेत्रमा पूर्ण स्वशासनको अधिकार दिने” आश्वासन दिएका थिए। त्यही आश्वासनलाई पत्याएर चकमाहरुले भारतमा मिसिनुभन्दा पाकिस्तानमा मिसिदा आफूलाई राम्रो हुने ठाने। चकमा जातिले बसावास गर्ने ठुलो भूभागलाई भारत र पाकिस्तानको नक्शाङ्कन गरिदा पाकिस्तानमा पारियो ।

पाकिस्तानमा मिसिएकै दिनदेखि चकमाहरुका दुर्दिन आरम्भ भए । पाकिस्तान इस्लामिक राष्ट्र हुनाले त्यहाँ अन्य जाति र धर्मलाई समान अधिकार दिइएन । चकमा जातिको बसोबास भएको पहाडी क्षेत्रमा पूर्ण स्वशासनको अधिकार दिने कुरो त्यत्तिकै हरायो। यही पीडाले चकमा समुदायका राजा नलिनक्ष रायको असामयिक निधन भयो ।

चकमा जातिको बसोबास भएको क्षेत्रमा सबैभन्दा धेरै अतिक्रमण बंगाली मुस्लिम सुमदायबाट भैरहेको थियो। अब झन् पाकिस्तानको शासकीय दबाब झेल्न पनि पुगे चकमाहरु। चकमा जातिले राजनीतिक अधिकार नपाए पनि उनीहरुको समुदायलाई नेतृत्व दिने काम चकमा राजाले गरिरहेका थिए। राजा नलिनक्ष रायको निधन भएपछि सन् १९५३ मा २० वर्षीय राजकुमार त्रिदिव रायलाई चकमा समुदायको नयाँ राजा बनाइयो। पाकिस्तानी सरकारसित यिनले पनि आफ्नो अधिकारको लागि लडाई जारी राखे।

पाकिस्तान सरकारले “चिटागन्ज हिल टे्क्टस” मा बग्ने कप्ताई नदीमा बाँध बाँधेर विशाल जलविद्युत्त परियोजनाको निर्माण गर्न थालेपछि चकमा जातीले सयौं वर्षदेखि उपभोग गर्दै आइरहेका बस्ती र खेतबारीहरु जलाशयमा डुब्न लागे । घरबार बिहिन भएका चकमाहरुको लागि पाकिस्तान सरकारले कुनै व्यवस्था गरि दिएन । हजारौं चकमाहरु विस्थापित भएर भारत पुगे ।

उता पूर्वी पाकिस्तानका बंगालीहरुले भाषा आन्दोलन गरेर पाकिस्तानबाट स्वतन्त्र हुने आन्दोलन आरम्भ गरे । बंगाली नेता शेष मुुजिब रहमानले चकमा राजा त्रिदिब रायलाई आफ्नो आन्दोलनलाई सहयोग गरे चकमा क्षेत्रलाई स्वशासन दिइने छ भनेर फकाउन लागे । मोहम्मद अली जिन्नाको आश्वासन पुरा नभएको स्थितिमा शेष मुुजिब रहमानको आश्वासनप्रति पनि उनलाई पत्यार लागेन । उनी बंगालीहरुले गरेको भाषा आन्दोलनबाटै तटस्थ रहे ।

सन् १९७० मा भएको पाकिस्तानी संसदको निर्वाचनमा हाल बंगलादेश रहेको भूभाग (पूर्वी पाकिस्तान) का १६२ आसनमध्ये १६० आसनमा शेष मुुजिब रहमानको दल अवामी लिगले चुनाव जिते पनि चिटागन्ज हिल ट्रेक्टसको आसनबाट स्वतन्त्र रुपमा उठेका राजा त्रिदिव रायले जिते ।

यही चुनाबमा पाएको जनमतमाथि टेकेर आरम्भ गरेको आन्दोलनले बंगलादेश एक स्वतन्त्र राष्ट्रको रुपमा उदायो । पूर्वी पाकिस्तानबाट चुनिएका १६१ जना सदस्यहरुले बंगलादेशको जन्म भएको घोष्णा गरे । परिबन्दले अवामी लिगको आन्दोलनमा सहभागि नभएका राजा त्रिदिव राय पाकिस्तानमैं रहे । यता उनको मातृभूमि बंगलादेश अन्तरगतको क्षेत्र बन्यो ।

पाकिस्तानमा भुट्टोलाई फाँसी दिएपछि जनरल जियाउल हकले राजा त्रिदिव रायलाई सन् १९८१ मा अर्जेन्टिनाको लागि राजदूत बनाएर पठाए । उनले १४ वर्षसम्म दक्षिण अमेरिकी देशहरुमा पाकिस्तानको राजदूत भएर काम गरे। पाकिस्तान फर्केपछि उनले एकान्तवासको अवस्थामा दुई दशक व्यतीत गरे। सन् २०१२ मा ७९ वर्षको उमेरमा राजा त्रिदिव रायको इस्लामावादमैं निधन भयो।

बास्तबमा पाकिस्तान र बंगलादेशको झगडामा स्वतन्त्र रहेमा आफ्नो मातृभूमिलाई स्वतन्त्र पार्न सकिन्छ कि भन्ने आश थियो उनलाई । उनले भारतसमक्ष “चिटागन्ज हिल ट्रेक्टस” लाई स्वतन्त्र बनाउने हो भने बंगलादेशको स्वतन्त्रता आन्दोलनमा साथ दिन्छु भनेका पनि थिए । तर भारतले उनको कुरालाई महत्व दिएन। इन्दिरा गान्धी केवल बंगलादेशलाई स्वतन्त्र बनाएर भारतका बंगाली मुस्लिम मतदातालाई रिझाउन मात्र चाहन्थिन्। चिटागन्ज हिल ट्रेक्टसलाई पाकिस्तान र बंगलादेश दुबैबाट स्वतन्त्र राख्दा भारतका बौद्ध मतदाता पनि खुसी होलान् भन्ने कुरातिर उनले ध्यान नै दिइनन् । किनकि बौद्ध मतदाताको अवस्थामा भारतमा निर्णायक छैन। चकमाहरूको मुक्तिको कुरा त्यति @highlight हुन नसक्नुको मुख्य कारण उनीहरू बौद्ध हुनु हो। यदि उनीहरू ईसाई वा मुस्लिम हुन्थे भने विश्वको “क्रान्तिकारी ecosystem” ले आँखा चिम्लेर साथ दिने थियो।

अन्ततः फेरि आगोबाट उम्किएर भुङ्रामा फसेजस्तो भयो चिटागन्ज हिल ट्रेक्टसको पहाडी भुभाग । यता सन् १९७२ मा बंगलादेश सरकारले राजा त्रिदिव रायलाई बंगलादेशका विरोधि भनेर उनको राजपदवी खोसेर उनका १३ नाबालक छोरा देवाशीष रायलाई चकमा समुदायको राजा बनाइदियो ।

राजा त्रिदिव राय परिबन्दले पकिस्तानमैं अड्किएका थिए । उनको आफ्नो मातृभूमि फर्किने बाटो बन्द भैसकेको थियो । तर पाकिस्तानका शासक जुल्फीकार अलि भुट्टोले उनलाई निकै प्रयोग गरे । अमरकोटका हिन्दु राजा चन्द्र सिंह र चकमा समुदायका बौद्ध राजा त्रिदिव रायको अनुहार देखाएर पास्तिानले आफूलाई विश्व समक्ष उदार देखाउन थाल्यो । भुट्टो यी दुबै राजालाई पाकिस्तानको राष्ट्रपति बनाउँछु भनेर फकाउँथे। तर सन् १९७३ को संविधान निर्माण गर्दा उनले पाकिस्तानको राष्ट्रपति मुस्लिमभन्दा अरुले बन्न नपाउने व्यवस्था गरे । अमरकोटका हिन्दु राजा चन्द्र सिंह र चकमा समुदायका बौद्ध राजा त्रिदिव रायलाई आजिवन मन्त्री स्तरको सुबिधा दिएर पाकिस्तानको हिन्द र बौद्ध समुदायको प्रमुख बनाएर थन्क्याइयो ।

सन् १९७२ मा बंगलादेशले संयुक्त राष्ट्र संघको सदस्यताको लागि निवेदन हाल्न बंगलादेश सरकारले न्युयोर्क पठाएको टोलीमा राजा त्रिदिव रायकी आमा विनिता रायलाई पनि बंगलादेशको टोलीमा संलग्न गराएर पठाइएको थियो । बंगलादेशलाई संयुक्त राष्ट्र संघको सदस्यता नदिन दबाब दिन पाकिस्तानले न्युयोर्क पठाएको टोलीमा राजा त्रिदिव रायलाई पनि संलग्न गराइएको थियो। आमा र छोरा दुई भिन्न पक्षबाट बार्गेनिङ गर्न संयुक्त राष्ट्र संघको मुख्यालयमा पुगेको यो एक विचित्र दुर्लभ अवस्था थियो ।

पाकिस्तानमा भुट्टोलाई फाँसी दिएपछि जनरल जियाउल हकले राजा त्रिदिव रायलाई सन् १९८१ मा अर्जेन्टिनाको लागि राजदूत बनाएर पठाए । उनले १४ वर्षसम्म दक्षिण अमेरिकी देशहरुमा पाकिस्तानको राजदूत भएर काम गरे। पाकिस्तान फर्केपछि उनले एकान्तवासको अवस्थामा दुई दशक व्यतीत गरे। सन् २०१२ मा ७९ वर्षको उमेरमा राजा त्रिदिव रायको इस्लामावादमैं निधन भयो।

१३ हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको चिटागन्ज हिल ट्रेक्टसले स्वतन्त्रता त परको कुरा भयो स्थानिय स्वायत्तता पनि पाउन सकेको छैन । बंगलादेश सरकारले त्यो पहाडी भूभागमा बंगाली मस्लिमहरुलाई बसालेर आदिवासी जनजातिलाई अल्पमतमा पार्ने रणनीति लिएको छ । चिटागन्ज हिल ट्रेक्टसको १० लाख जनसङ्ख्यामा अहिले आदिवासी जनजातिहरु ५५ प्रतिशत मात्रै छन् ।

प्रस्तुत चित्र सन् १९५३ मा २० वर्षीय राजकुमार त्रिदिव रायलाई चकमा समुदायको नयाँ राजा बनाइदा रंगमाटी राजबाडीमा आयोजित सांस्कृतिक समारोहको हो । भाषण गर्ने व्यक्ति उनै अभागी राजा त्रिदिव राय हुन् ।

प्रतिक्रिया