
सिंहदरबार [कविता]
सिंहको दरबार ! सिंहदरबार ! !
अभिमान र आतंकको प्रतीक
सिंहदरबार ।
सत्ता र शक्तिको पर्याय
सिंहदरबार ।
आकर्षण र आस्थाको धरोहर
सिंहदरबार ।
अपेक्षा र आशाको केन्द्र
सिंहदरबार ।
सभ्यता र इतिहासको विम्ब
सिंहदरबार ।
आज पहिचान फेरिँदै छ
सिंहदरबार आज निरीह देखिँदै छ
लाग्छ–
सिंहराज चारैतिरबाट
हुँडारहरूले घेरिएको छ
अलि पर छ अर्को घेरा
अझ हिंस्रक सिकारीहरूको
सिंह किंकर्तव्यविमूढ छ
स्वनिर्णयविहीन छ
सिंह आफैँ अपेक्षी छ
लाग्दो हो, बरु चिडियाखानै ठीक
आँधीअघिको शून्यताजस्तो छ
कोही सलबलाइरहेछन् त
केवल हुँडारहरू
केवल हुँडारहरू !
(यो कविता नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले लेखेका हुन्।)



कागजपत्र |
