
भुटानविरुद्ध नेपालको शानदार जित
काठमाडौं – एसीसी महिला प्रिमियर कपमा भुटानविरुद्ध नेपालले शानदार जित हात पारेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेटको क्षतिमा ६२ रन बनाएपछि नेपाल ५१ रनले विजयी भएको हो ।
बिहीबार मलेशियाको क्वालम्पुरस्थित कोलेज तुआन्कु जाफर ओभलमा भएको खेलमा भुटानका लागि दिचेन वाङ्मोले ३९ रन बानएकी थिइन् ।
त्यस्तै चाडो ओमले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि रुविना क्षेत्रीले ४ ओभरमा १६ खर्चँदै ३ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ११३ रन बनाएका थियो नेपालका लागि सिता राना मगरले ३७ रन बनाएकी थिइन् । त्यस्तै रुविना क्षेत्रीले २४ रन बनाएकी थिइन् ।
नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटलाई हराएको थियो ।



कागजपत्र |
