दार्चुलामा यार्चा टिप्न गएका मिलन उतै अस्ताए


दार्चुला- अपिहिमाल गाउँपालिका-३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलन गर्न गएका एक युवकको मृत्यु भएको छ ।

अपिहिमाल गाउँपालिका-३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको हो । शुक्रबार उनलो  काँटैस्थित दोनथे भन्ने वनमा यार्चागुम्बा खोज्ने क्रममा भीरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

यार्चा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ । मृतकको शव आफन्तहरू लेकबाट गाउँतिर ल्याइरहेको बताएको छ ।

 

प्रतिक्रिया