कांग्रेस अधिवेशनः संस्थापन ४०, शेखर २९ र अन्य नेता निकट ८ जिल्ला सभापति

१६ जिल्ला अधिवेशनमा संस्थापन १० र इत्तर ६ जिल्लामा विजयी


काठमाडौं – नेपाली कांग्रेसको ७७ जिल्ला अधिवेशनबाट संस्थापन समूहमा बहुमत जिल्ला सभापति देखिएका छन् । पार्टीको महाधिवेशनपछि भएको १६ जिल्लाको अधिवेशन आइतबार सकिएसँगै संस्थापन पक्ष सुविधाजनक बहुमतमा पुगेको देखिएको छ ।

आइतबार मात्र सिन्धुपाल्चोक र बारा जिल्ला अधिवेशनबाट संस्थापन पक्षकै उम्मेदवारहरुले सभापतिमा बिजयी भएसँगै कांग्रेसको ७७ वटै जिल्लाको अधिवेशन सकिएको छ । यसै साता मात्र भएको १६ जिल्लाको अधिवेशनबाट संस्थापन पक्षले १० र संस्थापनइत्तर समूहले छ जिल्लामा नेतृत्व पाएका छन् ।

यसै साता मात्र भएको १६ जिल्लाको अधिवेशनबाट संस्थापन पक्षका सभापतिका उम्मेदवारहरु नारायणदत्त भट्ट कैलालीमा, पुष्प शाह अछाममा, बुद्ध लामा मकवानपुरमा, नागेश्वर यादव महोत्तरीमा, जनार्दनसिंह क्षेत्री पर्सामा र सुनिल यादव (जितेन्द्र) रौतहटमा सभापति निर्वाचित भएका छन् ।

यस्तै सिरहाबाट रामचन्द्र यादव, सप्तरीबाट रामदेव साह, बाराबाट राजेश राय यादव, सर्लाहीबाट सुरेन्द्र सिंह र सिन्धुपाल्चोकबाट जंगबहादुर तामाङ सभापतिमा विजयी भएका छन् ।

संस्थापनइत्तर समूहबाट भने छ जना सभापतिमा विजयी भएका छन् । जसमध्ये बाँकेका नारायण गौडेल, चितवनका राजेश्वर खनाल, सिन्धुलीका उपेन्द्र कुमार पोखरेल र सप्तरीका रामदेव साह डा. शेखर कोइराला निकटका जिल्ला सभापति हुन् ।

पूर्वी नवलपरासी जिल्ला सभापति महेन्द्रध्वज जिसी नेता डा. शशांक कोइराला निकट र धनुषाका योगेन्द्र (जोगी) पञ्जियार नेता विमलेन्द्र निधी निकटका हुन् ।

७७ जिल्लाकै समग्र मत परिणामलाई हेर्दा सभापति देउवा निकटका जिल्ला सभापतिको सख्या ४० छ भने डा. शेखर कोइराला निकटका जिल्ला सभापतिको सख्या २९ रहेको छ । पार्टीमा तेश्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला र नेता डा. शशांक कोइराला निकट जिल्ला सभापतिहरु २ जना छन् ।

यस्तै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा. रामशरण महत निकट १–१ जना जिल्ला सभापति जितेका छन् । सर्लाहीका सुरेन्द्रप्रसाद सिंह सभापति देउवा र नेता निधी दुवैको दाबी गरिएको छ । स्याङ्जाका राजु थापा र रुकुम पश्चिम प्रेमप्रकाश वलीलाई शेखर र देउवा दुवै पक्षले आ आफ्नो भएको दाबी गरेका छन् ।

हेर्नुस् नामावली

देउवा पक्षका जिल्ला सभापतिहरु

१. पाँचथर – रूपनारायण जवेगु
२. ताप्लेजुङ – गजेन्द्रप्रसाद तुम्याहाङ
३. ओखलढुंगा – तेजेन्द्र खनाल
४. लमजुङ – टकराज गुरूङ
५. सल्यान – केशवबहादुर विष्ट
६. डोल्पा – दीपेन्द्रबहादुर शाही
७. डडेल्धुरा– भीमबहादुर साउद
८. म्याग्दी – खमबहादुर गर्बुजा
९. मुगु – ऐनबहादुर शाही
१०. मनाङ – शंकर गुरूङ देउवा
११. हुम्ला – मोहनविक्रम सिंह
१२. बझाङ – खड्क बोहरा
१३. रामेछाप – पूर्णबहादुर (कान्छाराम) तामाङ
१४. जुम्ला – कर्णबहादुर शाही
१५. जाजरकोट – बेदराज सिंह
१६. डोटी – नरेन्द्रबहादुर सिंह
१७. रूकुम पश्चिम – प्रेमप्रकाश वली
१८. पर्वत – युवराज जोशी
१९. इलाम – डम्बरबहादुर खड्का
२०. सुर्खेत – खड्ग पोखरेल
२१. रूपन्देही – रामकृष्ण खाण
२२. कास्की – किशोरदत्त बराल
२३. काभ्रे तीर्थ लामा
२४. ललितपुर – जितेन्द्रकुमार श्रेष्ठ
२५. कञ्चनपुर – पदम बोगटी
२६. उदयपुर – हिमाल कार्की
२७. भक्तपुर – दुर्लभ थापा
२८. बर्दिया – अरूणप्रकाश सिंह राठौर
२९. सोलुखुम्बु – नाम्गेल जाङ्बु शेर्पा
३०. रसुवा – पेम्वाछिरिङ तामाङ
३१. धनकुटा – दिनेश राई
३२. कैलाली – नारायणदत्त भट्ट
३३. मकवानपुर – बुद्ध लामा
३४. पर्सा – जनार्दनसिंह क्षेत्री
३५. सर्लाही – सुरेन्द्रप्रसाद सिंह
३६. रौतहट – सुनिलकुमार यादव
३७. अछाम – पुष्पबहादुर शाह
३८. बारा – राजेश राय यादव
३९. सिरहा – रामचन्द्र यादव
४०. सिन्धुपाल्चोक – जंगबहादुर तामाङ

शेखर पक्षका जिल्ला सभापतिहरु

१. तेह्रथुम –अर्जुन तुम्बाहाम्फे
२. खोटाङ – विष्णुकुमार राई
३. रोल्पा – किशोर आचार्य
४. भोजपुर – विनोद वान्तवा
५. प्युठान – विष्णुकुमार गिरी
६. अर्घाखाँची – केशव श्रेष्ठ
७. बैतडी – चतुरबहादुर चन्द
८. दोलखा – बर्मा लामा
९. गोरखा – नन्दप्रसाद न्यौपाने
१०. कालिकोट – अम्बबहादुर शाही
११. रूकुमपूर्व – केशरमान रोका
१२. मुस्ताङ – रोमीगौचन थकाली
१३. बाजुरा – रामसिंह रावल
१४. नवलपरासी पश्चिम – अर्जुनकुमार पोखरेल
१५. पाल्पा – हिमालदत्त श्रेष्ठ
१६. स्याङ्जा – राजु थापा
१७. दार्चुला – ललितसिंह बोहरा
१८. दाङ – शंकरप्रसाद डाँगी
१९. दैलेख – मणिराम रेग्मी
२०. गुल्मी – खिलध्वज पन्थी
२१. धादिङ – रामनाथ अधिकारी
२२. सुनसरी – केदार भण्डारी
२३. कपिलवस्तु– अब्दुल कलाम खाँ
२४. चितवन – राजेश्वर खनाल
२५. महोत्तरी – नागेश्वर यादव
२६. सिन्धुली – उपेन्द्र पोखरेल
२७. सप्तरी – रामदेव साह
२८. मोरङ – डिगबहादुर लिम्बू
२९. बाँके – नारायण गौडेल

डा. शशांक पक्षधर
१. पूर्वी नवलपरासी –महेन्द्रध्वज जिसी
२. दिपक खड्का – संखुवासभा

सिटौला पक्ष
१. झापा – देउमान थेबे
२. बागलुङ – जित शेरचन

पौडेल पक्षधर
१. तनहुँ – जीतप्रकाश आले

प्रकाशमान पक्षधर
१. काठमाडौं– सबुज (कृष्ण) वानियाँ

निधी पक्षधर
१. धनुषा –योगेन्द्र पञ्जियार

महत पक्षधर
१. नुवाकोट – रमेश महत

प्रतिक्रिया