शक्ति केन्द्रिकरणमा सुधार ल्याउन नसक्नु सरकारकाे असफलता : महामन्त्री शर्मा
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा गरेकाे शक्ति केन्द्रिकरण काँग्रेसको नेतृत्वमा सरकार बनेको १ बर्षसम्म पनि सुधार ल्याउन नसक्नु असफलता भएकाे पुष्टि गरे।
केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा महामन्त्री शर्माले सभापतिलाई खुसी पार्ने नाममा पार्टीभित्र आरोप प्रत्यारोपमा नउत्रिन र पार्टीलाई सबै मिलेर विधिसम्मत् ढंगले सञ्चालन गर्नुपर्ने बताए ।
महामन्त्री शर्माले भने ‘महाधिवेशन सम्पन्न भएको ६ महिना भइसकेकाे छ, आमनिर्वाचन आउन ४ महिना मात्र छ।’
अर्थतन्त्रबारे सरकारले श्वेत पत्र जारी गरोस् भन्ने विषयमा एकातर्फ हामीले घरेलु जिवनलाई व्यवस्थित र सुदृढ गर्दै आगामी निर्वाचनको तयारी गर्नुछ, अर्को तर्फ के नेपाल श्रीलंका बन्दैछ? भन्ने मनोबैज्ञानिक त्रासलाई पनि चिर्नुछ। प्रमुख दलका रूपमा नेपाली काँग्रेसको कर्तव्य हो-जनतालाई ढाडस दिने, आशा जिवित राख्ने, विश्वासमा लिने उनले बताए ।
उनले भने, ‘यसकारण सरकारले आजको समग्र अर्थतन्त्रका बारे श्वेतपत्र जारी गरेर, जनता समक्ष सत्यतथ्य राख्नुपर्छ र जनतामा विश्वास जागृत गर्नुपर्दछ ।’